×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ओम डेभलपमेन्ट बैंक र एनक्लाउडबीचबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौं – पोखराको ओम डेभलपमेन्ट बैंक र एनक्लाउडबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी तथा एनक्लाउडका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र नारायण श्रेष्ठले स्थानीय शृङगा यातायात र पोखरा बस व्यवसायी समितिका अधिकारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका हुन् ।
यो समझदारी अनुसार स्मार्ट सिटीको अवधारणा अन्तर्गत पोखरा महानगरपालिकाले आगामी २०७६ बैशाख देखी महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुमा लागु गर्न गइरहेको इ– टिकेटिङ सिस्टमको लागि आवश्यक हुने यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंक मार्फत हुनेछ । साथै ओम बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट यात्रा कार्ड वितरण गर्ने बताइएको छ ।
यसअघि एनक्लाउड र पोखरा महानगरपालिका बीच यसै परियोजनाको लागी महानगरपालिका भित्र सञ्चालनमा रहेका यातायात व्यबसायी समितिहरुको प्रतिनिधिको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । एनक्लाउडले काठमाण्डौ उपत्यकामा चल्ने साझा यातायातका सवारी साधनमा यो सेवा जडान गरी सफलतापुर्वक सञ्चालन गरिरहेको बताएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: