देउवा, महरा, गच्छदार र जनार्दन शर्माले सम्पति विवरण सार्वजनिक गर्न मानेनन्
Powered by Blogger.
देउवा, महरा, गच्छदार र जनार्दन शर्माले सम्पति विवरण सार्वजनिक गर्न मानेनन्


काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रभावशाली मन्त्रीहरुले आफ्नो सम्पति विवरण गोप्य राखेका छन् । भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार सार्वजनिक पद धारण गरेका ब्यक्तिले १५ दिनभित्र आफ्नो सम्पति विवरण सार्वजनिक र ६० दिनभित्र आफ्नो परिवारका नाममा भएको सम्पति विवरण तोकिएको निकायमा बुझाउनु पर्ने प्रावधान छ । तर देउवा मन्त्रीपरिषदका कुनैपनि मन्त्रीले आफ्नो सम्पति विवरण बुझाएका छैनन् । सरकार गठन भएको तीन महिना पुगिसक्दा पनि प्रधानमन्त्री र मन्त्रीले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छैनन् ।

प्रधानमन्त्री देउवादेखि अधिकाँस मन्त्रीहरुले आफ्नो सम्पति विवरण गोप्य राख्न खोजेका छन् । प्रधानमन्त्री देउवा, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ, उपप्रधानमन्त्री तथा संघीय मामिला र स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, श्रममन्त्री फरमुल्हा मन्सुर र सहरी विकासमन्त्री प्रभु शाहले सम्पति विवरण गोप्य राख्न खोजिरहेका छन् ।

प्रधानमन्त्री देउवासहितका मन्त्रीहरुले आफ्नो विवरण तोकिएको निकायमा पठाएका छन् । तर सार्वजनिक गर्न उनीहरुले चाहिरहेका छैनन् । देउवा मन्त्रीपरिषदले नैतिकता र सदाचारको पहिलो निर्णय गरेको थियो । तर प्रधानमन्त्री देउवाले आफ्नो पहिलो निर्णय नै कार्यान्वयन गरेनन् । 


Published Date : Friday, September 8, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...