पूर्णिमा विकास बैंकको आज अन्तिम म्याद, ६६ हजार ९११ कित्ता सेयर लिलामी भर्ने
Powered by Blogger.
पूर्णिमा विकास बैंकको आज अन्तिम म्याद, ६६ हजार ९११ कित्ता सेयर लिलामी भर्ने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - पूर्णिमा विकास बैंकको ६६ हजार ९११.८२ कित्ता सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन हो । आज कार्यालय समयसम्म यो लिलामीमा आवेदन दिनु पर्ने छ । भदौ १९ गतेदेखि बैंकले संस्थापक समूहको ४६ हजार २५८.०५ कित्ता र सर्वसाधारण समूहको २० हजार ६५३.७७ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको हो । 

लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । नेप्सेमा सर्वसाधारण समूहको अन्तिम कारोबार मूल्य भने २८६ रुपैयाँ छ । पूर्णिमाले असार १९ गतेदेखि साउन २२ गतेसम्म ८ लाख ८० हजार ९६२.८२ (२५%) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बैंकले बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौं र पूर्णिमाको केन्द्रीय कार्यालय सिद्धार्थनगर नगरपालिका, वडा नं ८ रुपन्देहीमा पुग्ने गरी आवेदन फारम बुझाउनुपर्नेछ । दुवै समूहको बोलपत्र बिहीबार (भदौ २८) गते बिहान ७ बजे सिद्धार्थ क्यापिटल लिमिटेड नारायणचौर नक्साल, काठमाडौंमा खोलिनेछ । 

प्रकाशित मिति : Monday, September 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...