×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

रैराङ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कहिले हुँदैछ कारोबार ?

काठमाडौं- रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ५६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गराएको छ । कम्पनीको सेयर कारोबार १ हप्तापछि सुरु हुनेछ । यसमध्ये हालै बाँडफाँट भएको ८ लाख ४० हजार कित्ता आइपीओ पनि अहिले सूचीकृत भएको हो ।  
यसअघि कम्पनीले वैशाख ३१ गतेदेखि जेठ ३ गतेसम्म कुल ८ लाख ४० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । यसमध्ये ३३ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र ४२ हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको हो । 
  
कम्पनीले जारी पुँजी ५६ करोड रुपैयाँको १५% सेयर निष्कासन गरेको हो । रैराङले यसअघि पाँचथर र ताप्लेजुङ जिल्लाका आयोजना प्रभावित स्थानीयबासीलाई ५ लाख ६० हजार कित्ता आइपीओ बिक्री गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: