×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पूर्वमन्त्री बने वडासदस्य !

काठमाडौँ – विगतमा वडासदस्य भएकाहरु स्थानीय तहको प्रमुख, उपप्रमुख , मेयर भएकाहरु सांसद् र सांसद् भएकाहरु मन्त्री बन्न मिहिनेत गरिरहेका बेला एक पूर्वमन्त्री भने वडासदस्यमा निर्वाचित भएका छन् ।
स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत सिरहाको भगवानपुर गाउँपालिका–३ को वडासदस्यमा पूर्वमन्त्री राजलाल यादव निर्वाीचत भएका हुन् । उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा बिनाविभागीय मन्त्री थिए । त्यसअघि उनी सिरहा जिल्ला विकास समितिको सभापति पनि थिए ।
७२ वर्षीय राजलाल ०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट सभासद् निर्वाचित भएका थिए । अहिले उनी फोरमका केन्द्रीय सदस्य छन् ।
राजलाल निर्वाचित वडामा दुई हजार सात सय २१ मत खसेको थियो । उनी ८ सय ७८ मत ल्याएर निर्वाचित भए । संघीय समाजवादी फोरमबाटै सो वडाको सदस्यमा निर्वाचित अरुणकुमार यादवले राजलालको भन्दा बढी मत प्राप्त गरे । उनले नौ सय ८ मत पाए ।
वडा सदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समितिको नेतृत्व गर्न फोरमले उनलाई अघि सारेको थियो । तर, सिरहको १७ स्थानीय तहमध्ये समाजवादी फोरमले ४ गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र एक नगरपालिकामा मेयरमा मात्र जित हात पारेको छ । – नयाँ पत्रिकाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: