रिलायबल माइक्रोफाइनान्सको २०% बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाको २०% बोनस सेयर सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । असोज २९ मा साधारण सभा गर्न रिलायबलले मंगलबार बुक क्लोज गर्नेछ । यसकारण २०% बोनस सुरक्षित गर्न सोमबारभित्र सेयरधनी भइसक्नुपर्नेछ । हाल कायम सेयरधनीले भने स्वतः बोनस सेयर पाउनेछन् । असोज २९ मा हुने पाँचौ वार्षिक साधारण सभामा रिलायबलले २०% बोनस सेयर र कर तिर्न ५ लाख ९४ हजार ७३७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पेस गर्दैछ । 

त्यस्तै, अधिकृत पुँजी १० करोडबाट बढाएर २० करोड रुपैयाँ पुर्याउने र संस्थाको नाम परिवर्तन गर्ने अर्को विशेष प्रस्ताव पनि पेस गर्दैछ । सभा गेट वे हिमालय रिसोर्ट, बेसीसहर ९, लमजुङमा बिहान १० बजे सुरु हुनेछ । रिलायबलले संस्थाको कार्यक्षेत्र विस्तार गर्ने र सञ्चालकको बैठक भत्ता तथा सुविधाहरु पुनरावलोकन गर्ने प्रस्ताव पनि लैजाँदैछ । हाल रिलायबलको चुक्ता पुँजी ५ करोड ६५ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले १ करोड १२ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ (वार्षिक) रहेको रिलायबलको प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १८ पैसा छ ।
प्रकाशित : Monday, September 25, 2017

recent

Popular Posts