×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

रिडी हाइड्रोपावरको ५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम मौका, मंसिर २६ गते साधारणसभा हुँदै !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । रिडी हाइड्रोपावरको ५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले मंसिर २६ गते बस्ने साधारणसभाका लागि सोमबार बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् । 
सभामा कम्पनीले ५% बोनस सेयरका साथै कर तिर्न ०.२६% नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । आर्थिक वर्ष २०७६–७७ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । साथै आर्थिक वर्ष २०७७–७८ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । कम्पनीको सभा कम्पनीकै कर्पोरेट कार्यालय, काठमाडौंमा बिहान ११ बजेबाट भिडियो कन्फ्रेन्स मार्फत सुरु हुनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: