रुरल माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम म्याद
Powered by Blogger.
रुरल माइक्रोफाइनान्सको सेयर लिलामी भर्ने आज अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेपाल ग्रामीण विकास बैंकको स्वामित्वमा रहेको रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टरको ८७ हजार ५६४.७४ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । यस अनुसार आवेदकले कार्यलय समयसम्म मात्र यो लिलामीमा आवेदन दिन सकिनेछ । भदौ १५ गतेदेखि  रुरलले  ८७ हजार ५६४.७४ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री खुला गरेको हो । 

यसमा सेयरको न्यूनतम मूल्य ४०१ रुपैयाँ राखिएकाले त्यसभन्दा बढी भाउ तोकेर बोलपत्र पेस गर्नुपर्नेछ । यसअघि, रुरलले असार १२ गतेदेखि १९ गतेसम्म ५०१ रुपैयाँ मूल्य तोकेर सर्वसाधारणले भर्न पाउने गरी लिलामीमा सेयर बिक्री खुला गरेको थियो । त्यो समयभित्र १ हजार कित्तामात्र सेयर बिक्री भएपछि रुरलले बाँकी रहेको सेयरमा १०० रुपैयाँ कम गरी पुनः लिलामीमा ल्याएको हो ।

लिलामी सेयरमा आवेदकले आफूले किन्न चाहेको सेयर संख्या तथा आफूले कबोल गरेको कित्ता दर लेख्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा आवेदन दिन सकिनेछ । यो लिलामीमा एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन फारम बुझाउनु पर्नेछ । बोलपत्र सोमबार अपरान्ह ४ बजे एनएमबी क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंमा खोलिनेछ । रुरलको बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले काम गरेको हो ।



प्रकाशित मिति : Sunday, September 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...