समता माइक्रोफाइनान्सले दिने भयो २०% बोनसका साथमा ११.५८% नगद लाभांश
Powered by Blogger.
समता माइक्रोफाइनान्सले दिने भयो २०% बोनसका साथमा ११.५८% नगद लाभांश

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - समता माइक्रोफाइनान्सले २०% बोनस सेयर र ११.५८% नगद लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने निणर्य गरेको हो । सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंकले अनुमोदन गरेपछि आगामी वार्षिक सधारण सभामा पेस हुनेछ । 

सधारण सभाबाट प्रताव पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन् । हाल समताको चुक्ता पुँजी ३ करोड १६ लाख रुपैयाँ छ । २०% बोनस दिइसकेपछि यसको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले १ करोड ४० लाख ५३ हजार रुपैयाँ पुग्नेछ । समताको प्रतिसेयर आम्दानी (वार्षिक) ४४ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ ५७ पैसा छ ।

प्रकाशित मिति : Monday, September 11, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...