सानिमा माईको हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न सकिन्छ
Powered by Blogger.
सानिमा माईको हकप्रद भर्ने आज अन्तिम दिन, यी ठाउँबाट फारम भर्न सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सानिमा माई हाइड्रोपावरको १००% हकप्रद भर्ने बिहीबार अन्तिम दिन हो । यस अनुसार आज कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिनेछ । सानिमाले साउन २७ गतेदेखि १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरको १ करोड ५ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । 

हाल सानिमा माईको चुक्ता पुँजी १ अर्ब ५ करोड ५० लाख रुपैयाँ छ । १००% हकप्रद बिक्री गरिसकेपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ११ करोड रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमाले २६ करोड ५ लाख ८१ ह्जार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ६७ पैसा र प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ५३ पैसा छ ।

फारम भर्ने ठाउँ 
लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट दरखास्त फारम भर्न र बुझाउन सक्नेछन् । यसैगरी, सानिमा बैंकको उपत्यका भित्रका चुच्चेपाटी, कलंकी, कुमारीपाटी, न्यूरोड र सूर्यविनायक शाखा तथा उपत्यका बाहिर विराटनगर, वीरगंज, बिर्तामोड, दमक, धरान, लहान, नारायणगढ, नेपालगंज र पोखरा शाखबाट पनि फारम भर्न र बुझाउन सकिनेछ । लगानीकर्ताले हकप्रद सेयरको दरखास्त फारम बिक्री प्रबन्धक सनराइज क्यापिटल र सानिमा माई हाइड्रोपावरको वेबसाइटबाट डाउनलोड गरेर पनि भर्न सक्नेछन् । 


Published Date : Thursday, September 14, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...