×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शान्ता चौधरीका अगाडी फिक्का परे गगन, गोकर्ण र जनार्दन

बारा – प्रधानमन्त्री शेरबहादुर देउवादेखि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसम्म र नेपाली कांग्रेसका युवा नेता गगन थापादेखि एमाले नेता गोकर्ण बिष्ट, योगेश भट्टराईसम्म प्रदेश नम्वर २ को स्थानीय तह निर्वाचनमा होम्मिएका छन् । यी सवै नेताभन्दा रुचिकर र चर्चित बनेकी छिन् एमाले नेत्री शान्ता चौधरी ।
२ नम्वर प्रदेशको थारु बाहुल्यता भएका क्षेत्रमा एमालेले चौधरीलाई पठाएको छ । देउवा, दाहालभन्दा उनको भाषण सुन्न मधेसी नागरिकहरु धेरै उपस्थित हुने गरेका छन् । मंगलबार बारा जीतपुरको सिमरा पुगेकी नेत्री चौधरी सेलिब्रटी बनेकी छिन् । उनका अगाडी चर्चित युवा नेताहरु गोकर्ण बिष्ट, योगेश भट्टराई, गगन थापा र गृहमन्त्री जनार्दन शर्मा फिक्का परेका छन् ।
वाराको औराहीमा नेत्री चौधरीले भाषण मात्र गरिनन् मतदातासँग छमछम नाचेर पनि रमाइन । कार्यक्रमको प्रमुख अतिथि बनेर गएकी पूर्वसांसद शान्ता चौधरी सवै थारु र मधेसी महिलालाई उम्मेरको हिसाव नगरी पढन सल्लाह दिइन । ‘म संसदको प्राकृतिक स्रोत साधन समितिको सभापति हुँदा अरुले लेखेको पनि पढ्न जान्दैन थिएँ, इच्छाशक्ति भए सकिंदो रहेछ । अर्को बर्ष एसइइ दिने तयारीमा छु’ उनले भनिन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: