सिद्धार्थ क्यापिटलले असोज ३० गते बोलायो साधारण सभा
Powered by Blogger.
सिद्धार्थ क्यापिटलले असोज ३० गते बोलायो साधारण सभा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिद्धार्थ क्यापिटलले चुक्ता पुँजीको १०० प्रतिशत बोनस सेयर दिने भएको छ । सिद्धार्थले असोज ३० गते बस्ने वार्षिक साधारण सभामा १०० प्रतिशत बोनससहित २५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव गर्न लागेको हो । क्यापिटलको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले असोज ३० गते साधारण सभा गरी लाभांश दिने निर्णय गरेको हो । 

सिद्धार्थको साधारणसभा होटल शंकर लाजिम्पाटमा दिउँसो ३ बजेदेखि हुनेछ । बोनस सेयर दिएपछि चुक्ता पुँजी वृद्धि हुने हुँदा त्यही अनुरुप प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पनि साधारण सभामा लगिने भएको छ । यसैगरी, कम्पनीको रजिष्टर्ड कार्यालय बबरमहल काठमाडौंको सट्टा नारायणचौर नक्साल कायम गर्ने विशेष प्रस्ताव पनि साधारण सभामा पेस हुने भएको छ । सिद्धार्थ क्यापिटल सिद्धार्थ बैंकको सहायक कम्पनी हो ।

प्रकाशित मिति : Sunday, September 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...