सिद्धार्थ बैंक फेरि १०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड
Powered by Blogger.
सिद्धार्थ बैंक फेरि १०% हकप्रद अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिद्धार्थ बैंकले १०% हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले १०ः१ अनुपातामा ६८ करोड २६ लाख ११ हजार ७१९ रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७.१९ कित्ता हकप्रद बिक्री गर्न लागेको हो । लक्ष्मी क्यापिटल मार्केटले यसमा बिक्री प्रबन्धको काम गर्नेछ । राष्ट्र बैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकले पुनः १०% हकप्रको बाटो रोजेको हो । 

यसअधि सिद्धार्थले जेठ १५ देखि असार २८ गतेसम्म १ करोड ५७ लाख ५२ हजार ५७८.१३ कित्ता (३०%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार रुपैयाँ छ । यसअघिको हकप्रद बैंकको चुक्ता पुँजी ६ अर्ब ८२ करोड ६१ लाख १७ हजार १८८ रुपैयाँ पुगिसकेको छ । अब १०% हकप्रद ल्याउँदा बैंकको चुक्ता पुँजी ७ अर्ब ५० करोड ८७ लाख २८ हजार ९०७ रुपैयाँ पुग्नेछ । त्यसपछि बाँकी रहेको न्यूनतम ८ अर्ब रुपैयाँ पुँजी पुर्याउन बैंकले बोनस सेयर दिने अनुमान गरिएको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा सिद्धार्थले १ अर्ब ४१ करोड ८० लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५४ पैसा छ ।


Published Date : Monday, September 11, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...