३ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?
Powered by Blogger.
३ सयले घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार प्रति तोला ५७ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर ५७ हजार २ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४९ हजार ४० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।


Published Date : Monday, September 11, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...