सिन्धु विकास बैंकको ८०% हकप्रद खुल्यो, कहाँ जाने आवेदन भर्न ?
Powered by Blogger.
सिन्धु विकास बैंकको ८०% हकप्रद खुल्यो, कहाँ जाने आवेदन भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिन्धु विकास बैंकको ८०% हकप्रद सेयर बिक्री खुला भएको छ । बैंकले १०ः८ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको २० लाख ९७ हजार ५४० कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा असोज २२ गतेसम्म आवेदन दिन पाइनेछ । भदौ ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा सिन्धुको चुक्ता पुँजी २६ करोड २१ लाख ९२ हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४७ करोड १९ लाख ४६ हजार ५०० रुपैयाँ हुनेछ । चौथोे त्रैमासमा बैंकले ३ करोड ७२ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २० पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६८ पैसा रहेको छ ।

एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, सिन्धु बिकास बैंकको मुख्य कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक र यसका अधिकांश शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । सिन्धुको यो हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गर्नेछ । 


Published Date : Sunday, September 3, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...