सनराइज बैंकको सेयर असोज ८ देखि लिलामीमा
Powered by Blogger.
सनराइज बैंकको सेयर असोज ८ देखि लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सनराइज बैंकले सर्वसाधारण र संस्थापक समूहको ७ लाख १० हजार ७ सय ४३ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्ने भएको छ । बैंकले संस्थापकतर्फ ७२ हजार ६१२ कित्ता र सर्वसाधारणतर्फ ६ लाख ३८ हजार १३१ कित्ता सेयर असोज ८ देखि २२ गतेसम्म लिलामी गर्ने जनाएको छ । आवेदन फारम बिक्री प्रवन्धक सनराइज क्यापिटलमा पाइनेछ । 

आवेदकले प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ र सोभन्दा बढी मूल्य राखी बोलपत्र पेस गर्नुपर्नेछ । संस्थापकतर्फ न्यूनतम हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । यता, सर्वसाधारण समूहतर्फको लागि न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने गरी सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । १० लाख रुपैयाँ भन्दा बढीको आवेदन दिनेले भने प्यान नम्बर अनिवार्य खुलाउनुपर्नेछ ।

बोलपत्र बिक्री प्रबन्धकको कार्यालय कमलपोखरीमा असोज २३ गते दिउँसो १ बजे खोलिनेछ । बैंकले यसअघि जेठ १६ गतेदेखि असार १९ गतेसम्म १०ः३ को अनुपातमा १ करोड ६३ लाख ५९ हजार ६३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । जसमा ७२ हजार ६१२ कित्ता संस्थापक तर्फको सेयर र ६ लाख ३८ हजार १३१ कित्ता सर्वसाधारण समुहको सेयरमा आवेदन नपरेपछि बैंकले बाँकी सेयर लिलामी गर्न लागेको हो । चुक्ता पुँजी वृद्धिका लागि सनराइजले हकप्रदको बाटो रोजेको हो । बैंकले चौथो त्रैमाससम्ममा चुक्ता पुँजी ७ अर्ब १ करोड ७६ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ । बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ६६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ९९ पैसा छ ।

प्रकाशित मिति : Tuesday, September 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...