×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कालोबजारीको अभियोगमा जेल जाकिने भएपछि सनराइज बैंकका संचालक फरार !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सनराइज बैंकका संचालक समेत रहेका माल्चन दुगड फरार भएका छन् । म्याद नाघेको म्यांगो पल्प प्रयोग गरी गुणस्तरहीन फ्रुटी बनाउँदै गरेको गोप्य सुराकीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाको सहयोगमा भदौ १२ गते सहायक प्रजिअ लुइँटेलले दलबलसहित सतुंगलस्थित दुगड फुड एन्ड बेभरेज प्राइभेट लिमिटेडमा छापा मारेका थिए । प्रहरीले छापा मारेको दिनदेखि उनी फरार छन् । 
एसएसपी दिवेश लोहनीका अनुसार छापा मारेको दिनदेखि उद्योग सञ्चालक माल्चन दुगड फरार भएका हुन् । भदौ १४ गते उपभोक्ता हित संरक्षण मञ्चले पनि कालोबजारी ऐन र मुलुकी ऐनको ठगी महलअन्तर्गत उद्योग सञ्चालकमाथि कम्तीमा पाँच वर्ष कैदसहित ठगीको बिगोबराबर जरिवाना गराउनुपर्ने माग राख्दै प्रहरी परिसरमा जाहेरी दिएको छ ।
बैंक तथा वित्तीय संस्था ऐन अनुसार कालोबजारीको अभियोगमा अदालतले दोषी ठहर गरे उनले सनराइज बैंकको संचालक पदबाट समेत राजीनामा दिनुपर्छ । त्यहि डरले पनि बैंककै उच्च अधिकारीको निर्देशनमा उनी फरार भएको बुझिएको छ । यसअघि कालोबजारीमा अदालतले दोषी ठहर गरेका नरेश दुगड कुमारी बैंकमा अझै संचालकका रुपमा छन् । पैसा र पावरका भरमा भाग्ने तर बैंकको संचालक पद नछोड्ने मामलामा नरेश दुगडलाई नै पछ्याएर माल्चन दुगडपनि भागेको हुनसक्ने बैंक तथा वित्तीय बजारमा चर्चा छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: