×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कालोबजारी गर्ने यी ३ कम्पनी, जहाँ आपूर्तिमन्त्री छापा मार्न त के, संचालकहरुलाई छुन पनि सक्दैनन् !

काठमाडौँ – अहिले जताततै चर्चा छ, दरबारमार्गका पसलहरुमा सरकारले गरेको शीलबन्दीको । दशैँ तिहारको मौकामा दशैँ तिहार खर्च उठाउनकै लागि कमिसन नदिने हरुकहाँ सरकारी निकायले छापा मार्ने गरेको गुनासो धेरैअघिदेखि हुँदै आएका बेला केहि यस्तै कालोबजारी गर्ने कम्पनीलाई आपूर्तिमन्त्रीले छापा मार्न त के छुन पनि नसक्ने खुलासा भएको छ ।

गत सोमबार आपूर्ति मन्त्रालयले दरबारमार्गमा अन्तराष्ट्रिय ब्राण्डका सामान बेच्ने चार पसल शिलबन्दी गरेपछि यस्तो प्रसङ्ग पनि उठेको हो । दरबारमार्गमा नाईकले ४ हजार ७ सयको खरीद बिलको जुत्ता २६ हजार ९ सय ९० रुपैयाँमा विक्री गरेको, २ हजार ६ सय को सामान २६ हजार रुपैयाँमा विक्री गरेको फेला परेको थियो । आपूर्ति मन्त्रीको निर्देशनमा दरबारमार्गको स्टोरवन, ब्रेण्टली, पुमा र नाईक पसल शिलबन्दी गरीएको हो । यी ३ कम्पनी जसलाई आपूर्ति मन्त्री छुन सक्दैनन् :


१. हुन्डाईको गाडी बेच्ने लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालि
नक्सालमा कार्यालय भएको लक्ष्मी इन्टरकन्टिनेन्टर प्रालिले दक्षिण कोरियामा उत्पादन हुने ‘हुन्डाई’ कार बिक्री गर्छ । हुन्डाईको पेट्रोलबाट चल्ने ‘ग्रान्ड माज्ना’ करसहित १६ लाख ६९ हजारमा आयात गरेर कम्पनीले २६ लाख ५६ हजारमा बिक्री गर्छ । अर्थात एउटा गाडीमा झन्डै १० लाख नाफा खाएर विक्री गर्छ कम्पनीले । त्यतिमात्र कहाँ हो र ? यो कम्पनीले एउटा टक्सन गाडी बेच्दा झन्डै २५ लाख नाफा खान्छ । हुन्डाईकै केहि कर्मचारी आफ्नो कम्पनी ठुला व्यापारिक घरानाको भएकाले मन्त्री पाल्ने हैसियत राखेको दावी गर्छन् । ‘आपूर्ति मन्त्री त हाम्रा मालिकको खल्तीमा छन् ।’ उनले अर्थ सरोकार डटकमसंग भने । यहि दम्भका कारण हुन्डाईका ब्राण्ड मेनेजरले समेत यसअघि आफ्नो काम लुट्ने भएको र आफुहरु लुटीरहने बताएका थिए ।   

२. भाटभटेनी 
नेपालमा सबैभन्दा कालोबजारी गर्ने कम्पनी कुनै हो भने त्यो भाटभटेनी हुनुपर्छ । म्याद नाघेका सामानहरुमा आफैं लेवल थप्ने, कुहिएका सामानहरु बेच्ने, बढी नाफा राखेर समान बेच्ने, मानव दिशामा पाइने जीवाणु भेटिएको मिठाइ खुलेआम बेच्ने लगायातका काम गरेको भाटभटेनीले पनि आपूर्तिमन्त्रीलाई मोटो कमिसन दिने गरेको जानकारहरुको आरोप छ । अझ भाटभटेनीका अध्यक्ष मीन बहादुर गुरुङ प्रचण्डसंग नजिक भएका कारणपनि आपूर्ति मन्त्रीले केहि गर्न नसक्ने बरु केहि कमिसन दिएर आपूर्तिमन्त्रीलाई थामथुम पार्ने गरिएको जानकारहरुको आरोप छ । ‘कहिलेकाहीं ठ्याक्कै यस्तो सेटीङ नदेखियोस् भनेर छापा मारेको जस्तो गर्ने गरिएको छ । तर भाटभटेनीलाई कुनै पनि खालको कारवाही हुने गरेको छैन ।’ एक जानकारले अर्थ सरोकार डटकमसंग भने ।

३. धारा तोरीको तेल उत्पादन गर्ने कम्पनी के एल दुगड ग्रुप 
धारा तोरीको तेलमा पाम अन्य स्वास्थ्यमा प्रतिकुल असर गर्ने तेलको मिसावट हुने गरेको छ । यो तेलले बजारमा तेलको अभाव हुँदा तेल झन् लुकाएर कालोबजारी गर्ने गरेको छ । नाकाबन्दी ताका पनि यो कम्पनीले तेल लुकाएको थियो भने त्यतिबेलाको सरकारले छापा मारी कम्पनीको गोदाममा शीलबन्दी गरेको थियो । तर अहिलेका आपूर्तिमन्त्रीसंग त्यो आँट छैन । स्रोतका अनुसार उक्त कम्पनीले मोटो रकम आपूर्तिमन्त्री सम्म पुर्याउने गरेको छ । आपूर्तिमन्त्रीकै आडमा तेलमा अखाद्य बस्तु उत्पादन गर्ने र बजारमा कालोबजारी गर्ने काम कम्पनीले खुलेआम नै गरिरेको छ ।    

र… यो पनि !
यसो त कालोबजारी हुने ठाउँ र कम्पनीहरु धेरै छन् । तर यी ठाउँ र कम्पनीहरुले भने आपूर्तिमन्त्रीलाई राम्रो ‘व्यवस्था’ गर्ने गरेको आरोप जानकारहरुले लगाउने गरेका छन् । अर्को उदाहरण हो भृकुटी मण्डपमा राखिएका पसलहरु । जुत्ताको सुरुको भाउ ४८०० भनिन्छ । जति बार्गेन गर्न सक्यो त्यति सस्तोमा पाइन्छ । अत्निममा त्यहि जुत्ता ८०० मा पाइन्छ । बार्गेनिङ गर्न नसक्नेले ४००० सम्म तिर्छ । तर यहाँ संघको दबदबा छ । समाज कल्याण परिषद् अन्तर्गत रहेको यो ठाउँमा पसल राख्नेहरुले यति लुट मच्चाईरहेका छन् कि त्यसको कुनै लेखा जोखा नै छैन । धनीमानीहरु जाने दरबारमार्गका पसलहरुमा छापा मार्ने आपूर्तिमन्त्री यसबारे केहि पनि बोल्न सक्दैनन् । त्यहाँका व्यापारी हरु पनि विभिन्न नाममा त्यहाँबाट मन्त्री सम्म कमिसनको बिटो पुग्ने गरेको बताउँछन् । आपूर्ति मन्त्रीले यता पनि ध्यान दिने कि !

छुटाउनु भयो कि ?


आपूर्तिमन्त्रीज्यू, एउटै गाडीमा २५ लाख बढी कुम्ल्याउने हुन्डाईलाईचाहिं कहिले कारवाही हुन्छ ?

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: