×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बाढीपीडित पनि नक्कली : जिल्लाका कर्मचारी परे जिल्ल !

बाँके – बाँकेमा १८ हजार घरधुरीले बाढीपीडितको फाराम भरेका छन् । अझै फाराम आउने क्रम जारी नै छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (डीओसी)का प्रमुख गौरीलाल बुढाथोकीले १८ हजार घरधुरीको फाराम आएको र तीमध्ये केही ठाउँको इन्ट्री गर्न बाँकी रहेको जानकारी दिए ।
अहिलेसम्म १४ हजार आसपासमा इन्ट्री भएको छ । जिल्ला दैवीप्रकोप उद्यार समितिले फाराम भर्नका लागि एक हप्ताको म्याद थपेको छ । अझै कति बढ्ने हुन् सम्बद्ध कर्मचारी जिल्ल परेका छन् ।
एक घरमा पाँच जना नै राख्ने हो भने ९० हजार पीडित भएको तथ्यांक आउँछ । यद्यपि फाराममा १५, २०, ३० जना परिवार भएका घर पनि छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: