×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

EXCLUSIVE: भाटभटेनीको ट्रायल रुममा सीसीक्यामरा, गोप्य रुपमा खिचिन्छ ग्राहकका नाङ्गा तस्विर !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- तपाईं भाटभटेनीमा दशैंको शपिङ गर्दै हुनुहुन्छ ? शपिङका क्रममा भाटभटेनीको ट्रायल रुममा छिरेर ड्रेस लगाएर हेर्नुहुन्छ ? यदी हेर्नुहुन्छ वा हेर्नुभएको छ भने तपाईं गम्भीर प्रकृतिको जोखिममा हुनुहुन्छ । कुनैबेला तपाईंको नाङ्गो तस्विर ‘आउट’ हुन सक्छ । किनकि भाटभटेनीले आफ्नो ट्रायल रुममा गोप्य रुपमा सीसी क्यामरा राख्ने गरेको खुलासा भएको छ । 
भाटभटेनीका यस्तै एक ग्राहक सौगात आचार्यले अनामनगरमा रहेको भाटभटेनीको ट्रायल रुममा सीसी क्यामराले खिचेको देखेपछी यो तस्विर लिएका छन् । उनले यसरी लिएको तस्विर अहिले सामाजिक संजालमा भाइरल भएको छ ।
उनको तस्विर लिएपछि हामीले यसबारेमा अनुसन्धान गरेका थियौं । आफ्नो नाम नबताउने सर्तमा भाटभटेनीका एक कर्मचारीले सीसी क्यामरा बाहिरको खिच्ने भनेर बनाइएको भएपनि ट्रायल रुमको तस्विरपनि खिच्न मिल्ने र भाटभटेनीका कतिपय कर्मचारीले बेला बेलामा युवतीहरुले ड्रेस चेन्ज गरेको, ब्रा खोलेको, पाइन्ट खोलेको लगायतका भिडियोहरु हेर्ने गरेको स्वीकारेका छन् । ‘बेलाबेलामा यस्ता फोटोहरु हेर्ने गरिन्छ । तर फोटो नै आउट हुन सक्ने सम्भावनाचाहिं कम नै हुन्छ जस्तो लाग्छ मलाइ। ‘ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने ।
यस विषयमा बुझ्न खोज्दा भाटभटेनेका आधिकारीक प्रतिनिधि भने हामीसँग यस विषयमा बोल्नै मानेन्। भारतमा केहि समय अगाडी यस्तै प्रकृतिको घटना हुँदा हंगामा भएको थियो । 
भाटभटेनी सम्बन्धि यी सामाग्री छुटेकी ?

`); var fisrc = $c.find('img:first').attr('src'); $('.entry-content img[src="'+ fisrc +'"]').hide();
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: