×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्सुरेन्सबाट ‘असक्षम’ भन्दै निकालिएका पूर्वमाओवादी चन्द्र साउद नेप्सेको जीएम बन्ने पक्कापक्की !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – सीताराम थपलियाको कार्यकाल सकिएपछि नयाँ जीएम आएर नेप्सेलाई सुधार्छन् भन्ने धेरैको आशामाथि तुसारापात हुने भएको छ । सुदुरपस्चिमेली भएकै कारण देउवासंग निकट रहेका चन्द्र साउद अन्तत: नेप्सेको जीएम हुने पक्का भएका छन् ।  सीताराम थपलियाको समेत नैतिक समर्थनमा उनी नेप्सेको अवको जीएम बन्न लागेका हुन् । यसअघि सीताराम थपलियाको पनि चर्चा भएपनि अन्तमा: आइएमइ ग्रुपसँग कुरा नमिलेपछि उनको सम्भावना कम भएको थियो । आफुले सफ्टवेर कम्पनीसंग मिलाएको हिसावकिताव बिग्रने डरले उनले आफु निकटकै साउदलाई साथ दिएको स्रोतको दावी छ ।
नेपाल इन्सुरेन्सबाट निकालिएका साउदमाथि अख्तियारमा समेत उजुरी !
यसो त चन्द्र साउद पनि नेप्सेमा ‘सीताराम स्टाइल’ले नै काम गर्ने व्यक्तिका रुपमा आंकलन गरिएको छ । यसअघि उनले काम गर्न नसकेको, कम्पनीमा बदमासी गरको लगायतका आरोप लगाउंदै उनलाई नेपाल इन्सुरेन्सबाट संचालक समितिले निकालेको थियो । संचालक समितिले निकालीदिएपछि उनले कम्पनीको संचालकसमिति विरुद्धसमेत मुद्धा दायर गरेका थिए । साउदलाई केहि दिनअघि मात्र पनि नेपाल इन्सुरेन्समा विभिन्न खाले घोटाला गरेको र यसको छानविन गरी पाउँ भनी अख्तियारमा उजुरी दर्ता भइसकेको छ । तर सुदुरपश्चिमको भएको बिल्ला भिराउँदै उनलाई नेप्सेको जीएम बनाउन लागिएको हो ।
२ करोडको अफरपछी पक्का बन्यो कुर्सी !
स्रोतका अनुसार उनले नेप्सेको जीएम बन्नका लागि २ करोडको अफर गरेका छन् । १ करोड अहिले दिने र नेप्सेको जीएम भइसकेपछि अर्को एक करोड दिने सर्तमा उनी नेप्सेको जीएम बन्न लागेका हुन् । स्रोतका अनुसार सीताराम थपलियासंग पनि उनले कसरी काम गर्ने भन्ने कुरामा छलफल गरिसकेका छन् । अहिले नेप्सेको जीएम  पदका लागि अन्तिम ५ को नामावली प्रकाशित भइसकेको छ । र गोप्य रुपमा अन्तिम ३ को नतिजा समेत फाइनल भइसकेको छ । अन्तिम ३ मा चन्द्र साउद, मनोज ज्ञवाली र सीताराम थपलियाको नाम छ । सीताराम थपलियाको ठाउँमा अर्को कोहि व्यक्ति ल्याउने कि भन्ने विषयमा समेत आन्तरिक छलफल भइरहेकाले र ५ जनाको ‘प्रिजेन्टेसन’ पनि बाँकी रहेकाले नामावली बाहिर ल्याईएको छैन ।

कांग्रेसी सरकारले पत्यायो पूर्वमाओवादीलाई !
उनी पहिला तत्कालीन एकिकृत नेकपा माओवादीसँग आवद्ध भएका थिए । पछि बाबुराम भट्टराइ माओवादीसंग अलग्गिएपछी नयाँ शक्तिमा गएका साउद त्यहाँ पनि ठाउँ नपाएपछी कांग्रेस बनेका हुन् । अहिले सुदुरपश्चिमकै नेता प्रधानमन्त्री भएको दाउ पारेर उनले आफु नेप्सेको जीएम बन्ने लाइन समातेका हुन् । स्रोतका अनुसार उनको लविङका लागि अहिले थुप्रै संख्यामा तल्लो स्तरका नेता पनि बालुवाटार पुगेर हार गुहार गरिरहेका छन् ।   

शैली सीताराम कै !
यसो त उनको काम गर्ने शैली र पदमा पुग्न पैसा खुवाउने प्रवृति पनि सीताराम थापलियाकै जस्तो देखिएको छ । यसो त सीताराम थपलियाले पनि कि आफु हुने कि साउद हुनुपर्ने अडान आफु निकटहरुलाई राखीरहेका छन् । मिडियासंग बोल्ने कुरामा पनि साउद सीताराम थपलियाजस्तै ठहरिएका छन् । यसबारे हामीले बुझ्न खोज्दा पनि उनी हाम्रो सम्पर्कमा आउन चाहेनन् । यसअघि सर्वाधिक विवादित नेप्सेको जीएमका रुपमा रहेका सीताराम थपलिया पनि आफ्ना थप कर्तुत बाहिर आउने डरले मिडियासंग हत्तपत्त बोल्न मान्दैनथे ।   व्यवस्थापनशास्त्रमा स्नातकोत्तर गरेका साउद शिक्षकसमेत हुन् ।        
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: