×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गाडीका पार्ट्स बेच्दा जनता ठग्ने हिमालयन इन्टरप्राइजेजमा आपूर्ति मन्त्रालयको छापा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – हिमालयन इन्टरप्राइजेज प्रालि झम्सीखेलमा आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको नेतृत्वको टोलीले आइतबार छापा मारेको छ । नेपालमा मारुती कम्पनीको (सीजी) गाडी बिक्री गर्ने उक्त कम्पनीले गाडीको पाट्र्स बिक्री गर्दा अत्यधिक नाफा लिएको भन्ने उजुरीका आधारमा त्यहाँ छापा मारिएको बताइएको छ । उक्त कम्पनीमा छापा मारेपछि २४ घण्टाभित्र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग भद्रकालीमा एक वर्षको पार्ट्स आयातको विवरण, एमआरपी, प्रज्ञापनपत्रसहित उपस्थित हुन निर्देशन दिइएको छ । आपूर्ति राज्यमन्त्री कर्ण बहादुर बिकका अनुसार उक्त कम्पनीले जनता ठगीरहेको भन्ने उजुरी परेपछि उक्त कम्पनीमा छापा मारिएको हो । 
दशैं लागेपछि आपूर्ति मन्त्रालयले सक्रियता बढाएको छ । तर मन्त्रालयलाई कमिसन नदिने कम्पनीहरुमा मात्र छापा मारेको आरोप लाग्ने गरेको छ । यसो त एउटा गाडी बेच्दा २५ लाख सम्म कुम्ल्याउने हुन्डाई होस् वा प्रायजसो सबै चीजमा कालोबजारी गर्ने भाटभटेनीमा होस् आपूर्ति मन्त्रालयले सेटीङकै कारण छापा नमारेको गुनासो बढ्न थालेको छ । यसअघि आपूर्ति मन्त्रालयको नेतृत्वमा दरबारमार्गका पसलहरुमा छापा मारेको थियो। तर दशैंमा मात्र हुने यस खालका कामले मन्त्रीले दशैं खर्च उठाईरहेका छन् भन्ने चर्चा पनि चलेको छ । हुन्डाई र भाटभटेनीजस्ता ठग कम्पनीहरुलाई कारवाही नगर्दा यस्ता चर्चाले थप प्रसय पाएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: