×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकमा पनि नक्कली सर्टिफिकेटधारी कर्मचारी रहेको खुलासा ! होला त कार्वाही ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- हिमालयन बैंक र बैंक अफ काठमाडौँमा नक्कली सर्टिफिकेटधारी कर्मचारी भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि यी बैंकहरुमा कर्मचारीको भागाभाग भएको छ । प्रमोसनका लागि भारतका विभिन्न विश्वविद्यालयका नाममा बनाइएका नक्कली सर्टिफिकेटबारे अर्थ सरोकारको अपरेशनपछि अहिलेसम्म हिमालयन बैंकमा ३० जनाले जागिर छाडीसकेका छन् भने बैंक अफ काठमाडौँका सीईओले समेत बैंकमा रहेका नक्कली सर्टिफिकेटधारी कर्मचारी मध्ये १० बढी कर्मचारीलाई बैंकबाट भगाईसकेका छन् । यसैबीच पछिल्लो समय एकपछि अर्को विवादमा तानिँदै आएको ग्लोबल आइएमइ बैंकमापनि नक्कली सर्टिफिकेटधारी कर्मचारी रहेको खुसाला भएको छ । 
नक्कली सर्टिफिकेट प्रकरणमा अर्थ सरोकारको खोज 
यसरी भयो नक्कली सर्टिफिकेटधारीबारे खुलासा 
आफ्नो सर्टिफिकेट नक्कली भएपछि हिमालयन बैंकबाट जागिर छाडेका एक कर्मचारीले आफुसँगै नक्कली सर्टिफिकेट बनाएको आफ्नो साथी भने हाल ग्लोबल आइएमइ बैंकमा रहेको खबर ग्लोबल आइएमईका एक कर्मचारीलाई जानकारी दिएपछि उनी गोप्य रुपमा यस्तो उजुरी लिएर अख्तियारमा जाने भएपछि यस्तो खुलासा भएको हो । उनको यो कामलाई ग्लोबल आइएमई बैंकका अन्य केहि कर्मचारीहरुले समेत साथ दिएका छन् । ‘हिमालयन बैंक र बैंक अफ काठमाडौँका थुप्रै कर्मचारीले जागिर छाडेका छन् । नक्कली सर्टिफिकेट भएका तिनीहरु कतिले आफैंले कारवाहीको डरले जागिर छाडेका छन् भने कतिलाई बैंकका उपल्लो तहका कर्मचारीहरुले भगाएका छन् । ग्लोबल आइएमई बैंकमा पनि केहि कर्मचारीहरु त्यस्तै नक्कली सर्टिफिकेटधारीहरु छन् । यिनीहरुका बारेमा बैंकभित्र जानकारी दिए उल्टै आफु फसिने भन्दै उनीहरुले अख्तियार गुहार्ने तयारी गरेका हुन् ।
कामु सीईओकै संरक्षणको शंका ! 
यता बैंकभित्रका नक्कली सर्टिफिकेटधारी सहपाठी कर्मचारीलाई हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग गुहार्नु भन्दा पहिला बैंकभित्र जानकारी गराउनुहुन्न ? भन्ने प्रश्न गर्दा ती कर्मचारी भन्छन्, ‘उनी कतै न कतैबाट कामु सीईओ जनक शर्मा पौड्यालसँग नजिक छन् । बैंक अफ काठमाडौँबाट कर्मचारी भगाईएजस्तै उनी पनि भगाईन सकछन् । यस्ता अपराधिहरुलाई कानुनी कठघरामा उभ्याएरै छाड्नु पर्छ ।’ उनले नक्कली सर्टिफिकेटधारीहरुलाई कामु सीईओले नै संरक्षण गरेको संघीन आरोप पनि लगाएका छन् । ‘मैले थाहा पाएको त एक जनामात्र हो । नेपालभर रहेका बैंकका विभिन्न साखाहरुमा झन् त्यसरी नक्कली सर्टिफिकेट बुझाएर जागिर खानेहरु कति होलान् ! यो सबै छानविनको दायरामा आउनुपर्छ ।’ उनले भने ।
आफ्नै सहपाठी विरुद्ध अख्तियार र राष्ट्र बैंक गुहार्दै ग्लोबल आइएमई बैंकका कर्मचारी !
यता आफ्नै सहपाठी कर्मचारीको सर्टिफिकेट नक्कली भएको खुलासा भएपछि ग्लोबल आइएमई बैंकका केहि कर्मचारी ती नक्कली सर्टिफिकेटधारी कर्मचारी विरुद्ध राष्ट्र बैंक र अख्तियार गुहार्ने तयारीमा छन् । ‘यहाँ साथ, आफु काम गरेको बैंकभन्दा पनि कौनी राज्य र कानुनको कुरा छ । यसले समग्र बैंकिङ क्षेत्रलाई नै धमिलो बनाएको छ । यस्ता कर्मचारी विरुद्ध हामी सबै मिलेर अगाडी बढ्नुपर्छ ।’ उनले भने । उनका अनुसार एक जना गलत व्यक्तिमाथि अनुसन्धान गर्दा अन्य कोहि अरु पनि गलत छन् भने तीनीहरु पनि कारवाहीको दायरामा आउनेछन् । ‘हिमालयन बैंकमा पनि सुरुवात एकजनाबाट नै भएको थियो । अहिले नक्कली सर्टिफिकेटधारीहरुको संख्या ३० जनाभन्दा बढी पुगिसकेको छ । यस्तै एक जनाबाट सुरु भएको कुरा बैंक अफ काठमाडौँका १० बढी कर्मचारीहरुले जागिर छोडिसकेका छन् । जागिर धरापमा पर्न पनि सक्छ ।  त्यसैले गोप्य रुपमा बैंकका कर्मचारीको त्यस्तो हर्कत बाहिर ल्याउन जरुरी छ ।’     
कामु सीईओको यस्तो चर्तिकला !
यता ग्लोबल आइएमई बैंकको आइपीओ निष्कासनदेखि नै विवादित बनेका जनक शर्मा पौड्याल एक पछि अर्को विवादमा आएपछि उनी संचारकर्मीसँग टाढा हुन थालेका छन् । विशेषगरी अर्थ सरोकार डटकमले उनका कर्तुतबारे एक एक गरी खुलासा गर्न थालेपछि उनले अर्थ सरोकारका पत्रकारलाई आफ्नो नम्बर नदिन, बैंकका कर्मचारीहरुलाई उर्दी नै जारी गरेका छन् । यस अघि हामीले बैंककि पीआर विभागकि कर्मचारी सुनिता शर्मा र गणेश अवस्थीलाई उनको नम्बर माग्दा समेत उनीहरुले कामु सीईओ जनक पौड्यालको नम्बर दिन आनाकानी गरेका थिए । पछिल्लो समय विभिन्न बैंकमा नक्कली सर्टिफिकेट काण्डले उग्र रुप लिईरहेका बेला ग्लोबल आइएमई बैंकमा पनि यस्ता कर्मचारी देखिएका छन् ।
ग्लोबल आइएमई बैंकका कर्मचारी पनि बैंक अफ काठमाडौँमा जस्तै भगाईन्छन् वा उनीहरुमाथि कारवाही हुन्छ, त्यो भने हेर्न बाँकी छ ।
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: