×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हुन्डाईको गाडी बेच्ने ‘ठग’ कम्पनीको स्वीकारोक्ति, ‘पहिलेजस्तो क्रेज छैन, गाडीको विक्री घटेको सत्य हो’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ‘केहि समयअघि मात्र सम्पन्न भएको नाडा अटो शोमा हुन्डाईका गाडीहरु कति बिक्रि भए होलान् ? हुन्डाईको ठगी धन्दाबारे अर्थ सरोकार डटकमले लगातार फलोअप गरेपछि त्यसको असर बजारमा पर्यो कि परेन ? हुन्डाईलाई हेर्ने जनताको नजरमा परिवर्तन भयो कि भएन ? कति गाडी ‘बुक’ भए होलान् ?’ लगायतका प्रश्न बोकेर हामी मंगलबार दिउँसो हुन्डाईका लागि नेपालको विक्रेताकहाँ पुगेका थियौं । यस कम्पनीका मालिक निराकार श्रेष्ठसँग सम्पर्क नभएपछी हामीले कम्पनीका सिनियर मार्केटिङ मेनेजर (ब्रान्ड) अवाशिस ओझासँग कुराकानी गरेका छौं । 
कुराकानीका क्रममा उनले हुन्डाईको व्यापार घटेको स्वीकारे भने कति गाडी बुक भएको छ भन्ने कुरा खोल्न मानेनन् । यस अलावा उनले हुन्डाईका बारेमा आएका समाचारका बारेपनि हामीसँग कुराकानी गरेका छन् । झन्डै १ घण्टा भन्दा बढी समयको कुराकानीमा उनले कम्पनीका केहि आन्तरिक कुराहरु पनि खोलेका छन् । ‘यसपाली नाडा अटो शोमा सबै भन्दा नरुचाईएको ब्राण्डको रुपमा हुन्डाई रहेको जानकारी पाएका हामीले उनालाई गाडीको सेल्स घट्नुका बारे सोधेका थियौं । हेरौं अर्थ सरोकार डटकम प्रतिनिधिले उनीसंग गरेको कुराकानीको एक अंश : 
१. ‘गाडी कति बुक भयो ? कति बिक्रि भयो नाडा अटो शोमा ?’
(सुरुमै रिसाउँदै) त्यो जानकारी तपाईंलाई नै थाहा होला नि ! हुन्डाईको बारेमा त सबै कुरामा जानकार हुनुहुन्छ तपाईं । हामी त त्यो जानकारी दिंदैनौं । दिन मिल्दैन । 
२. अरुले त दिएका छन् त ! कति ठगी भो भनेर हिसावकिताव हुन्छ भनेर नदिएको हो कि क्या हो ?
कारण जे सुकैभएपनि कति गाडी बुक भए वा कति गाडी बिक्रि भए भन्ने जानकारी दिन मिल्दैन । हामी मार्केटिङ विभागका हौँ । त्यो सेल्सको कुरा हो । हुन त सेल्सले पनि तपाईंलाई जानकारी दिंदैन । त्यो कम्पनीको आन्तरिक कुरा हो । हामी कति गाडी बिक्रि भए वा कति गाडी बुक भए भन्ने कुरा जानकारी दिंदैनौं ।

३. तर हुन्डाईको गाडी त निकै कम विक्री वा बुक भए भन्ने कुरा आएको छ नि ?
त्यो सत्य हो । हुन्डाईको गाडी निकै कम विक्री भएको छ । पहिला त दशैं अघि हाम्रो शो रुममा निकै भीड हुन्थ्यो । यसपाली भीड छैन । नाडा अटो शोमा पनि ग्राहकको खासै रुची देखिएन । हाम्रा गाडीहरु पहिलाजसरी बुक भएनन् । समग्रमा पोहोरको तुलनामा गाडीको सेल्स घटेको पक्कै हो ।
४. सरासर जनतालाई ठग्नुहुन्छ, अनि कसरी बढ्छ त गाडीको सेल्स ?
हेर्नुहोस्, यसबारे तपाईंले धेरै लेखिसक्नुभएको छ । मैले भनीरहनुपनि पर्दैन । तर गाडीको शुल्क भनेको भन्सारमा लागेको शुल्क मात्रै गनेर हुँदैन । यहाँ थुप्रै खर्च हुन्छ । यत्रो स्टाफ छन् । प्रमोसनमा खर्च हुन्छ । अन्य खर्च पनि हुन्छ । अनि तपाईंले गरेको ठाडो हिसावमा त गाडी बेच्न कहाँ सकिन्छ र ?
५. तर कानुनमा त स्पष्टसंग लेखिएको छ त, ‘२०% भन्दा बढी फाइदा खान पाइंदैन भनेर ! होइन र ?
अव त्यो के हो मलाइ थाहा छैन । 

६. जनता त जागेछन् त ! हुन्डाईको गाडी नै कम विक्री भएछ त ?
यसमा कुरा त्यस्तो होइन । लोनको सुविधा खासै दिएनन् बैंकहरुले । इन्ट्रेस्ट कुनबेला बढ्छ पत्तो छैन । त्यहि भएर गाडीको सेल्स घटेको हो ।
७. लौ ! त्यत्रो बैंकले ब्याजदर नबढ्ने गरी कर्जा दिएका थिए त ! कतिले त शोमै स्टल राखेर पनि प्रचार गरेका थिए त ! ब्याज कै कारणले यस्तो भएको हो र ?
खै ! त्यो त मलाइ थाहा भएन । 

८. देशको कानुन मिचेर खुब ठगी गरिरहनुभएको छ है ?
‘एभ्रीबडी आर डुइङ दियर बिजनेश। ‘ हामीले ठगेका छैनौं । हाम्रो काम ठग्ने पनि होइन । यो व्यापार हो र व्यापार नाफा कै लागि हुन्छ । तपाईंहरुले गरेको हिसाव नै मिलेको छैन । हाम्रो खर्चको पनि हिसाव हुनुपर्छ । त्यसमाथि यसरी हामीले मात्र ठगेको हो र ? हामीलाई मात्र किन पछ्याउनुहुन्छ । सबैले यसरि नै त बेचीरहेका छन् नि ! कसले बेच्न सकेको छ र २०% भन्दा कम नाफा खाएर ? 
९. गाडीले विभिन्न अफरका नाममा ठगी गरिरहेको छ नि ! नयाँ अफर के छ ?
हुन्डाईको के के अफर छ, कसरी ठगी भैरहेको छ भन्ने कुरा त अर्थ सरोकार डटकमले लेख्या लेख्यै छ त । यस विषयमा हामीलाई भन्दा तपाईंलाई नै थाहा होला नि ! होइन र ?

१०. ए ! अर्थ सरोकार डटकम हेर्नुहुन्छ ?
अफिसमा त ब्लक गरिदिएका छौं । साथीहरुले लिंक पठाए भने कहिलेकाहीं हेर्छु । जे होस् तपाईंको समाचार पढ्छु । हुन्डाईको बारेमा पढेको थिएँ । तर समाचार पढ्नु मात्रै बाहेक केहि विकल्प छैन ।
११. केहि व्यक्तिगत प्रश्न सोधें है, हामीप्रति तपाईंको टिप्पणी के छ ?
अर्थ सरोकार डटकम पहिला पहिला खुब हेर्थें । हुन्डाईको न्यूज आउन थालेपछी हेर्ने मन लाग्न छोड्यो । आजकल मलाइ तपाईंहरुको शैली मन पर्दैन । हाम्रो मात्र होइन शिवम् सिमेन्टको न्यूज लगातार आइरहेको छ । केशवजी (शिवम् सिमेन्टका ब्राण्ड मेनेजर) संग रेगुलरजस्तो कुरा हुन्छ । राजु (मारुती सिमेन्टका ब्रान्ड मेनेजर) संग पनि रेगुलर कुरा हुन्छ । तपाईंहरुको समाचारको बारेमा चर्चा हुन्छ । तर चर्चा गर्नु बाहेक अन्य विकल्प पनि छैन । कहिलेकाहीं त दिक्क पनि लाग्छ । 
१२. के हो ? ठग ठग कम्पनीका ब्राण्डका साथीहरु त कुरा भइराख्दो रहेछ त ?
त्यस्तो होइन । कुरा हुन्छ भनेको हो । सबै हाम्रै साथी हुन् ।
१३. एउटा व्यक्तिगत प्रसङ्ग उठाउं है ! सबैले ठग कम्पनीको ब्राण्ड मेनेजर भन्छन् ! कस्तो लाग्छ ?
पहिला पहिला साथीहरुले अर्थ सरोकार डटकमको लिंक खुब पठाउंथे । आजकल त पठाउनै छाडेका छन् । एउटा दुइटा भए पो पठाउनु ! तपाईंले १८-२० वटा हुन्डाईका न्यूज हालीसक्नुभयो । तर पनि म खुसी छु । यसभन्दा अघिको ज्योति ग्रुप र यो लक्ष्मी ग्रुपमा म सन्तुष्ट छु । पहिला काम गरेको कतिपय ठाउँमा सन्तुष्ट थिइन् । सुरु सुरुमा समाचार आउँदा साथीहरुले सोध्थे । अहिले सोध्दैनन । बरु तपाईंहरुले हिजो भी-चित्र को न्यूज हाल्नुभएको रहेछ । म ४ बर्ष त्यहीं काम गरेको हुँ । साथीहरुले त्यो लिंकचाहिं पठाएका थिए ।
अर्थ सरोकार अटो अपरेशनका यी सामाग्री छुटे कि ?

अपरेशन नम्बर १० 
गाडी बिक्नै छाडेपछि ‘ठग’ कम्पनीको यो हदसम्मको नाटक, जनता फसाउन उधारो कारोबारको ‘पासा’ !

अपरेशन नम्बर ९
जनता लुट्ने हुन्डाईको नयाँ ‘टेक्निक’ ! नयाँ बर्षमा ‘शुन्य ब्याजमा गाडी किन्न पाउने योजना’

अपरेशन नम्बर ८
मिस नेपाललाई प्रयोग गरेर हुन्डाईले सुरु गर्यो ठगीको अर्को एपिसोड, गैरकानुनी रुपमा बेचिंदैछ २०१७ ग्राण्ड आर्इ -१०

अपरेशन नम्बर ७
‘असुरक्षित’ भएको थाहा पाएपछि केपी ओलीले स्कोरपियो चढ्न छाडेको खुलासा !

अपरेशन नम्बर ६ 
हुन्डाइ कार बेच्ने कम्पनी भन्छ, ‘पत्रकारको काम लेख्ने हो, लेखिरहुन्, हाम्रो काम जनता लुट्ने हो, लुटिरहन्छौं’

अपरेशन नम्बर ५  : 
अपरेशन नम्बर ४ : 
अपरेशन नम्बर ३ :

अपरेशन नम्बर २ : 

अपरेशन नम्बर १ : 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: