×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमइभित्र यस्तो ‘ठगीधन्दा’, ‘सब-एजेन्ट’ लिन कमिसनको फोहोरी खेल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पुष्पराज तामाङले आइएमइको सब-एजेन्ट लिन खोजे । तर आइएमइको सब-एजेन्ट बन्न खोज्दा उनी व्यापारी होइन, ‘मगन्ते’ बन्नु पर्यो । उनकै शब्द सापटी लिएर भन्दा सब एजेन्ट लिन जे जसो गर्नुपर्छ भनिएको थियो, सबै काम पूरा गर्दा पनि कम्पनीले केहि गरेन । आफुलाई जेपनि आउँछ भन्ने शैलीमा आइएमइबाट कुराकानी मात्र गरिएन, फिल्ड भिजिटका लागि पनि आइएमइ आएन । सार्है वाक्क दिक्क भएपछि उनले आइएमइको सब एजेन्ट राखेर व्यापार गर्ने मनसायनै परिवर्तन गरे । हिजोआज उनी अरुलाई समेत आइएमइको सेवा नलिन र सब एजेन्टको चक्करमा नलाग्न आग्रह गर्छन् । साथै उनले आफुले एजेन्ट लिंदा आइएमइका कर्मचारीले दुर्व्यवहार गर्ने गरेको समेत सामाजिक संजालमा छारपष्ट रुपमै पोखेका छन् ।

 भैरवहाका इजाज खानको पीडापनि उस्तै छ । ‘जनताले नम्बर वान बनाएको भन्ने अनि सब एजेन्ट दिनलाई किन यस्तो सास्ती ?’ उनी सामाजिक संजालमै प्रतिप्रश्न गर्छन् । पछिल्लो समय अझ भनौं २०१६ पछि अझै यो समस्या बढेको छ । धेरैको गुनासो यस्तै आएको छ । तर तपाईंले गुनासो गरेर केहि हुनेवाला छैन । किनकि आइएमइ प्राइभेट लिमिटेड कम्पनी हो र उसले आफुले भने अनुसारका मान्छेलाई मात्र आइएमइको सब एजेन्ट दिन्छ ।
यस्ता पीडीतहरुको संख्या निकै बढी छ नेपालमा । पछिल्लो समय त सजिलै आइएमइको सबएजेन्ट पाउन निकै मुस्किल छ । नहोस् पनि किन एउटा सब एजेन्ट लिन कमिसनको खेल हुने गरेको छ । सीधा अर्थमा भन्दा आइएमइका अध्यक्षको नाम बेचेर उनकै वरीपरीका मान्छेहरु जनता ठग्न पल्किएका छन् ।
दलालका कारण यस्तो समस्या ! ५० हजारसम्मको बार्गेनिङ
यसो त आइएमइलाई आफ्नैले भित्र भित्रै धोका दिएका छन् । आफुलाई चन्द्र ढकालको नातेदार बताउनेहरुले कम्पनीको सब एजेन्ट लिन ५० हजारसम्म कमिसन माग्ने गरेको गुनासो पोख्छन् २०१६ पछि आइएमइको सब एजेन्ट लिन खोज्नेहरु । कतिपयलेत यस्ता दलालहरुलाई कमिसन दिएर समेत सब एजेन्ट समेत खोलिसकेका छन् । कतिपयले चन्द्र ढकालका आफन्तका कारण आफुले सब एजेन्ट पाएको बताउने गरेका छन् भने कतिपयले आइएमइका कर्मचारीलाई कमिसन बुझाएको बताउने गरेका छन् । ‘बाग्लुंगमा जन्मेको मान्छेलाई जागिरको खाँचो छैन । केहि काम नपाए आइएमइतिर जागिर लागिहाल्छ । अलि जान्ने सुन्ने भए आइएमइको सब एजेन्टको काम गरे हुन्छ । चन्द्र ढकाल त मेरो नजिकको मान्छे हो’ भन्दै दलाली गर्नेहरु चन्द्र ढकाललाई साच्चै चिनेकादेखि उनलाई देखाएर झुटको व्यापार गर्नेहरुसम्म छन् । यतिसम्मकी आइएमइमा काम गर्ने कर्मचारीले समेत यस्तो काम गर्ने गरेका छन् ।’ 
‘आखिर किन आइएमइको एजेन्ट आफ्नालाई मात्र दिने गरिएको रहेछ त ? अरुलाई दिन किन कमिसन खोजिँदोरहेछ त ?’ हाम्रो जिज्ञासामा आइएमइका एक कर्मचारी भन्छन्, ‘यो सामान्य हो । आइएमइ प्राइभेट लिमिटेड कम्पनी हो । र उसलाई आफ्नो कम्पनीको चिन्ता छ । सकेसम्म बाग्लुंगमा जन्मेको, त्यो पनि नभए आइएमइ ग्रुपका कोहि व्यक्तिसँग चिनजान नगरेको मान्छेलाई सब- एजेन्ट दिहाल्नू पनि राम्रो होइन । अव कमिसन पाए त बोल्न सक्नेले खान्छन् । म चन्द्र ढकालको फलानो हो भनेर कमिसन लिंदै आइएमइको सब एजेन्ट बन्नका लागि कमिसन उठाइने गरेको कुरा हामीले पनि सुनेको हो । तर कसले चिन्ता लिनु त्यस्तो कुराको?’ 

चन्द्र ढकालले प्रतिक्रिया दिएनन्, राजु पौडेलले दिए यस्तो धम्की !
यसबारे बुझ्न हामीले आइएमइका अध्यक्ष चन्द्र ढकालसँग कुराकानी गर्ने प्रयास गर्यौं । तर थुप्रै पटक हामीले उनलाई सम्पर्क गर्दापनि उनले हाम्रो फोन उठाएनन् । त्यसपछि हामीले एक प्रसङ्गका बीच आफुलाई आइएमइ रेमिट्यान्स कम्पनीका पीआर अफिसर बताउने राजु पौडेलसँग हामीले यसबारेमा बुझ्ने प्रयास गरौँ । तर उनले त उल्टै आफुसंग ६००० एजेन्सीहरु भएकाले आइएमइका विरुद्ध समाचार आइरहे तपाईंलाई जे पनि हुन सक्ने भन्दै उल्टै धम्कीपूर्ण भाषा बोले । 
‘तपाईंले आइएमइ ग्रुपका बारेमा थुप्रै समाचार बनाइसक्नु भयो । कहिले चन्द्रागिरी त कहिले आइएमइ । यसले तपाईंलाई भविष्यमा राम्रो गर्दैन ।’ कुरालाई अन्तै मोड्दै उनले आइएमइका बारेमा यसरी निरन्तर समाचार आए अन्य कम्पनीको समेत विज्ञापन बन्द गरिदिनेदेखि ६००० एजेन्सीलाई प्रयोग गरेर जेपनि गरिदिने सम्मको धम्की दिए । ‘६००० एजेन्सी छन् हाम्रा । तीनको सेन्टिमेन्ट बिग्रियो भने जे पनि हुन सक्छ । विचार गर्नुहोला । यो मेरो संभवत: तपाईंसंग अन्तिम कुराकानी हो । ग्रुपका अधिकांस तपाईंसंग रुष्ट छन् । भोलि केहि भएमा त्यसको जिम्मेवारी आफैं लिनुहोला ।’ उनले धम्कीपूर्ण भाषामा अर्थ सरोकारकर्मीसंग भने ।
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: