×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राजधानीबाट ६८ लाख अवैध भारतीय रुपैयाँसहित २ जना पक्राउ

काठमाडौँ – महानगरीय प्रहरी अपराध महाशाखा टेकुले हजार र पाँच सय दरका प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१५ अन्नपूर्ण चोक क्षेत्रमा अवैध भारु बोकेर हिँडिरहेका बाँकेका कृष्णकुमारी शर्मा र गोरखाका अर्जुन भण्डारीलाई शनिबार पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ ।
उनीहरुबाट बरामद अवैध भारु ६८ लाख २० हजार रहेको महाशाखामा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । सर्वसाधारणहरुलाई ठगी गर्ने उद्देश्यले हिँडिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: