×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीमा सुपका दिन, गले गृहमन्त्री !

काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले अडान लिन नसक्दा नेपाल प्रहरीको सरूवा एक पक्षीय देखिएको छ । गृह मन्त्रालय माओवादीको भागमा परेको भएपनि प्रहरी सरूवा र पदस्थापनमा माओवादी पनि निरीह देखिएको छ । 
प्रहरीमा यो सरूवाले सुदूर पश्चिम (सुप)को पुरानो रोग बल्झिएको छ । महानगरीय प्रहरी कार्यालय रानी पोखरीदेखि उपत्यकाका दुई ओटा परिसर र अन्य महत्वपूर्ण ठाउँमा सुप गृह क्षेत्र भएका प्रहरी अधिकारीहरू पुरै हावी भएको देखिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिम घर भएका प्रहरी अधिकारीहरूलाई महत्वपूर्ण ठाउँमा सरूवा र पदस्थापन गर्न दिएको दबाबलाई प्रहरी महानिरीक्षक अर्यालले अक्षरसः पालना गर्दा राम्रा र काविल अधिकृतहरू भने मारमा परेका छन् । 
उनीहरू हालको सरूवा र पदस्थापनमा रूष्ट बनेका छन् । सरकारले आइतबार राति प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) देखि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सम्मको सरूवा र पदस्थापन गरेको थियो । सोही सरूवा र पदस्थापनको सूची हेर्दा प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाहेक अन्य क्षेत्रका प्रहरी अधिकारीहरूलाई पूरै ‘माइनस’ गरेको देखिन्छ । 
विशेषगरी महानगरीय प्रहरी कार्यालय रानीपोखरी र काठमाडौं प्रहरी परिसरमा कसलाई पठाउने भन्नेमा सत्तासाझेदार दल कांग्रेस र माओवादीबीच पनि चर्काे विवाद भएको थियो । प्रधानमन्त्री देउवा वरिष्ठताका आधारमा दोस्रो नम्बरमा एआईजीमा बढुवा भएका जयबहादुर चन्द (आईजीपीमा नियुक्त भएपनि सर्वाेच्च अदालतको आदेशपछि बदर गरिएका) लाई र माओवादी पहिलो नम्बरमा बढुवा भएका बमबहादुर भण्डारीलाई महानगरीय प्रहरी कार्यालयमा लैजान चाहन्थ्यो । 
तर, अन्ततः प्रधानमन्त्री देउवाकै जित भयो । चन्द महानगरीय प्रहरी प्रमूख बनाइए भने भण्डारी अपराध अनुसन्धान विभागमा धकेलिए । एआईजी चन्द बैतडीका बासिन्दा हुन् । एआईजी चन्द कार्यक्षमताका हिसावले काविल अधिकृत मानिदैनन् । सुदूरपश्चिमवासी भएकै कारण उनले एआईजीका लागि सबैभन्दा राम्रो मानिने महानगरीय प्रहरी कार्यालयको प्रमूखको जिम्मेवारी पाएका छन् । 
उनी डीआईजी हुँदा पनि तेस्रो वरीयतामा थिए । यद्यपि, सुदूरपश्चिमवासी भएकै कारण देउवाकै चर्काे दबाबमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल उनलाई आईजीपी नियुक्त गर्न बाध्य भएका थिए । त्यसबेला सरकारको यो कार्यको चर्काे विरोध भएको थियो भने यसप्रति असन्तुष्टि जनाउँदै पहिलो वरीयताका डीआईजी नवराज सिलवाल सर्वाेच्च अदालत गएका थिए । डीआईजी सिलवालले रिट दायर गरेपछि चन्दलाई आईजीपी बनाउने सरकारको निर्णय सर्वाेच्चले खारेज गरेको थियो । 
ललितपुर प्रहरी प्रमूखमा पदस्थापन गरिएका एसएसपी गणेशबहादुर ऐर प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरा निवासी हुन् । प्रहरीभित्र उनलाई सक्षम अधिकारीका रूपमा कहिले पनि हेरिएन । असक्षमताकै कारण उनी शान्ति मिसनमा पनि कहिले पनि जान सकेनन् । प्रहरीमा शान्ति मिसनलाई अत्यन्तै राम्रो अवसरका रूपमा लिइन्छ । शान्ति मिसनमा जाने अधिकृतलाई सक्षम अधिकृतका रूपमा पनि हेर्ने गरिन्छ । यद्यपि, सुदूरपश्चिमवासी भएकै कारण उनले फाइदा भने लिनुसम्म लिएका छन् । उनी प्रहरी निरीक्षक हुँदा तत्कालीन वडा प्रहरी कार्यालय सिंहदरबार र नयाँबानेश्वर, डीएसपी भएपछि नयाँ बानेश्वर वृत्त बसिसकेका छन् । उनी आफनो स्वार्थपूर्तिका लागि जे पनि गर्न पछि नपर्ने अधिकृतका रूपमा चिनिन्छन् । साथै उनी चाकडी र चाप्लुसीमा माहिर छन् । 
एसपी रामदत्त जोशी पनि प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुराका बासिन्दा हुन् । यस्तै, महानगरीय प्रहरी कार्यालयमा कार्यरत एसएसपी पूर्णचन्द्र जोशी पनि डोटीका हुन् । ललितपुर परिसरका एसपी देवेन्द्र बोगटी पनि डोटीकै हुन् । यस्तै प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका एसपी राजेन्द्रप्रसाद भट्ट पनि सुदूरपश्चिमकै हुन् । यति मात्र होइन, काठमाडौंका वृत्त कार्यालयहरूमा पनि सुदूरपश्चिमकै डीएसपी र इन्सपेक्टरको हालीमुहाली छ । लेखा शाखाका प्रमूखहरूमा पनि सुदूरपश्चिमकै बढी छ । जनप्रहार साप्ताहिकमा खबर छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: