×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

यौन दुर्व्यवहार गर्ने प्रिन्सिपललाई कालोमोसो !

दाङ – समाजमा विकृति फैल्याउनेहरुलाई छानी छानी कालो मोसो दल्ने काम गरिरहेको नेपाल कम्युनिष्ट पार्टीले  दाङको धनौरीस्थित मिड वेस्टर्न प्वाइन्ट एकेडेमीका प्रिन्सिपल वीरबहादुर घर्तीलाई पनि कालोमोसो दलेको छ । प्रिन्सिपल घर्तीले विद्यालयका छात्रालाई पटकपटक यौन दुर्व्यवहार गरेकाले उनलाई कारबाही गरिएको क्रान्तिकारीका राप्ती ब्युरो संयोजक नरेन्द्र विकले जानकारी दिए ।
प्रहरीले भने घर्तीलाई कालोमोसो दल्ने र जुत्ताको माला लगाउनेको खोजी भइरहेको जनाएको छ । सो घटनामा प्रयोग गरेको रा३प ६१८५ नम्बरको मोटरसाइकल र रा१ज ५३८ नम्बरको जिप प्रहरीले नियन्त्रणमा लिएको दाङ प्रहरीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: