×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्दै, अनुमति माग्न पुग्यो धितोपत्र बोर्ड !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कामना सेवा विकास बैंकले १० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ऋणपत्र जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा १ अर्ब रुपैयाँ बराबर ऋणपत्र जारी गर्न बोर्डसँग अनुमति मागेको हो । बैंकले जारी गर्ने ऋणपत्रमध्ये ४ लाख कित्ता सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी ६ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । 
बैंकले १० वर्ष अवधिको ‘कामना सेवा विकास बैंक डिबेन्चर २०८७’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ९.५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एसक् क्यापिटलले गर्ने भएको छ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: