×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

उपयुक्त समयमा चीनबाट नेपालको उच्चस्तरीय भ्रमण हुने

काठमाडौँ – चीनको ६ दिने औपचारिक भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले त्यहाँका प्रधानमन्त्री लि खछयाङ, चिनियाँ स्टेट काउन्सिलर याङ् जेइची र चिनियाँ बिदेशमन्त्री वाङ् यीसँग भेटवार्ता गरेका छन्। दुइ पक्षबीच भएको वार्ता नेपाल र चीनबीच दुरगामी महत्व राख्ने किसिमको भएको भ्रमण स्रोतले बताएको छ ।
भेटमा चिनियाँ प्रधानमन्त्री खछयाङले नेपाल राजनीतिक स्थिरताको बाटोमा अघि बढेकोमा खुसी व्यक्त गर्दै स्थानीय निर्वाचन सम्पन्न भएकोमा बधाई दिएका छन् । त्यसैगरी लीले प्रदेश नं २ मा हुन् गईरहेको तेश्रो चरणको निर्वाचनको सफलताको कामना पनि गरेका छन् । ‘दुई मुलुकबीच उच्चस्तरीय राजनीतिक भ्रमणलाई निरन्तरता दिनुपर्छ । त्यसका लागि हामी तयार छौँ । उपयुक्त समयमा चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुनेछ । भ्रमण कुन समयमा गर्ने भन्ने कुरा हाम्रा मुलुकका आन्तरिक राजनीतिक परिस्थितिले निर्णय गर्ने कुरा हो’ ।उनले भने,‘चिनियाँ रेल नेपालसम्म विस्तार भएको हेर्न नेपाली जनता आतुर छन् भन्ने हामीलाई थाहा छ । नेपालसम्म रेल विस्तारका लागि भौगोलिक जटिलता पनि छन् । यसैपनि उच्च हिमाली क्षेत्रबाट तल्लो क्षेत्रमा रेल लैजाने कुरा विश्वभरी नै चुनौतिपूर्ण काम मानिन्छ । तर हामीले यो बिषयलाई प्राथमिकतामा राखेका छौँ ।’
जस्तोसुकै चुनौति आएपनि यो परियोजना अघि बढाउने लीले बताएका छन् । साथै यसका लागि चीनसँग संबन्धित सरकारी निकायलाई आवश्यक अध्ययन गर्न ब्यक्तिगत रुपमा निर्देशन दिइसकेको र अध्ययनको प्रतिफल सकारात्मक आउने विश्वास रहेको पनि उनले बताए । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: