×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

एमाले वरिष्ठ नेता माधव नेपालको टोलीलाई पर्साका स्थानीयले लखेटेपछि…

एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललार्इ पर्साबाट स्थानीयले लखेटेका छन । वीरगंज महानगरको मेयर तथा उपमेयर पदका उम्मेदवार बसरुदिन अन्सारी र सोफिया आचार्यसँगै चुनावी प्रचार–प्रसारमा हिँडेका नेपाललाई स्थानीयले लखेटेका हुन् । नेपालसँगै प्रचार–प्रसारमा सहभागी नेता तथा कार्यकर्ता पनि लखेटिएका छन् ।
स्थानीयले एमालेलाई मधेसविरोध पार्टीको संज्ञा दिएका थिए । स्थानीयले लखेटेपछि उनि तत्काल त्यहाँबाट फर्किएका थिए । यसअघि गत भदौ १३ गते जनकपुरबाट पनि नेपालको टोली लखेटिएको थियो। नेपाल प्रमुख अतिथि रहेको अगुवा कार्यकर्ता भेलामा राजपाका कार्यकर्ताले ढुंगामुढा गरेका थिए । नेकपा एमालेले २ नम्बर प्रदेशको स्थानीय निर्वाचनलाई मध्यनजर गरी मंगलबार मोर्चा संगठनको भेला गरेको थियो ।
भेलालाई अबरोध गर्दै जनकपुरको रामानन्द चोकमा राजपाका कार्यकर्ताले कालोझण्डा देखाउँदै ढुंगामुढा गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीसँगको झडपमा राजपाका केही कार्यकर्ता घाइते समेत भएका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: