×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसेलमाथि विप्लव नेतृत्वको नेकपाको भौतिक कारवाही सुरु, रौतहटमा टावर जलाइयो, यस्ता छन् अरु योजना !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पूराना विक्रीमा पनि कर लगाउनुपर्ने आवाज उठिरहेका बेला एनसेलमाथि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भौतिक कारवाही सुरु गरेको छ । एनसेलका टावरहरु ठाउँ-ठाउँमा ध्वस्त पार्ने आन्तरिक रणनीति अनुसार एनसेलको टावरमा आगजनी गरिएको नेकपा निकट स्रोतले अर्थ सरोकार डटकमलाई जानकारी दिएको छ ।
यसैबीच शुक्रबार राती करिब १२ : ३० बजे पार्टीका कार्यकर्ताहरुले रौतहट, चन्द्रपुर नपा २, पलटोलमा रहेको एनसेलको टावरमाथि आगजनी गरेका छन् । आगजनीका कारण ५ करोड भन्दा बढी क्षति भएको बुझिएको छ । यसअघि पनि विप्लव नेतृत्वको पार्टीका कार्यकर्ता हरुले एनसेलको टावरमा आगजनी गर्ने, बम पड्काउने लगायतका काम गरेका थिए ।
एनसेलले लाभ कर नतिरेको, विपल्व नेतृत्वको पार्टी निकट व्यक्तिहरुलाई एनसेलका कर्मचारीहरुले अभद्र व्यवहार गरेको लगायतका कार्यहरु सार्वजनिक भएपछि पार्टीका कार्यकर्ताहरु एनसेलमाथि आक्रामक रहेको पार्टीका कार्यकर्ताहरुको भनाइ छ । यसपछि देशका अन्य ठाउँहरुका टावरहरुमाथि पनि आक्रमण र आगजनी गर्ने आन्तरिक रणनीति पार्टीको रहेको बुझिएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: