×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ठुलाबढाले चलखेल गर्दा रोकिएन बजार घट्ने क्रम, २५.४७ अंकले घट्यो बजार !

काठमाण्डौ । बजार घटाउने गिरोह नै लागिपरेपछी सोमबारपनि बजार घटेको छ । सोमबार नेप्से परिसूचक २५.४७ अंकले घटेर १५५४.५६ अंकमा झरेको छ । जसमध्ये बैकिंग समूह २५.७४ अंक, बिमा समूह १३६.७३, विकास बैंक समूह ३६.१७, होटल समूह १३.२५, जलविद्युत समूह १९.७३, बित्त समूह ४.०१,उत्पादनमूलक १८.४६ र अन्य समूह ४.९१ अंकले घटे । सेन्सेटिभ इण्डेक्स ५.८३ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि २.०३ अंकले घट्न पुगेको छ ।
आज बजारमा १ सय ५२ कम्पनीका १५ लाख ७० हजार ७ सय ३१ कित्ता सेयर ८४ करोड २९ लाख २० हजार ३४ रुपैयाँमा किनबेच भयो । जसमा सबैभन्दा बढी फ्रस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले ३ करोड २७ लाख बढीको कारोबार गर्यो ।  यस्तै नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ९४ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ करोड ८७ लाख, महालक्ष्मी विकास बैंकले २ करोड ८२ लाख, यूनाइटेड इन्स्योरेन्सले २ करोड ६० लाख, नबील बैंकले २ करोड २२ लाख, इन्भेष्टमेन्ट बैंकले २ करोड ५ लाख बढीको कारोबार गरेका छ्हन  । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: