×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

इन्भेष्टमेन्ट बैंकको बुधबारको सेयर कारोबार राफसाफ नगर्न धितोपत्र बोर्डको निर्देशन !

काठमाडौँ- बदमासी गर्ने  नेपाल इन्भेष्टमेन्ट बैंक को बुधबार एक दिनको सेयर कारोबार राफसाफ नगर्न धीतोपत्र बोर्डले सिडिएसीलाई निर्देशन दिएको छ । धितोपत्र बोर्डले शुक्रबार सिडिएस एण्ड क्लियरिङलाई पत्रचार गर्दे गत भदौ गते २१ बुधबार एक दिनको कारोबार राफसाफ नगर्न निर्देशन दिएको हो । लाभांशको बिषयमा बैंकले गलत सूचना जारी गर्दा लगानीकर्ता मर्कामा परको भन्दै छानबिन गर्दे गरेको बोर्डले सो दिनको राफसाफ नगराउन निर्देशन दिएको हो । अर्को निर्णय नभएसम्मका लागि सो दिन कारोबार भएको सेयरको राफसाफ नहुने भएको हो । 
इन्भेष्टमेन्ट बैंकले लाभांश बारेको सूचना जारी गरेको दिन गत बुधबार ७ करोड रुपैयाँ बढीको ९१ हजार २४७ कित्ता सेयर किनबेच भएको थियो । बुधबार इन्भेष्टमेन्ट बैंकले बजार खुलेलगत्तै २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरण गर्ने सूचना प्रवाह गरेको थियो । तर, त्यसको केही समयपछि ‘टाइप मिस्टेक’ भन्दै बैंकले अघिल्लो सूचनालाई सच्याई २५ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयरको निर्णय गरिएको जानकारी गराएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: