×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इन्भेष्टमेन्ट बैंक प्रकरण : केहिपनि कारवाही नहुने पक्कापक्की, कर्मचारी भन्छन्, ‘मिलाउने ठाउँमा सबै मिलिसक्यो’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- टाइप मिस्टेक भएको भन्दै लगानीकर्तालाई झुक्याएको नेपाल इन्भेष्टमेन्ट बैंकले विवादमा आएपछि यो प्रकरणलाई साम्य बनाउन केहि गलत अभ्यास गरेको खुलासा भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंककै एक उच्च तहका कर्मचारीले अर्थ सरोकार डटकमलाई दिएको जानकारी अनुसार सीईओ ज्योति प्रकाश पांडेले राजनीतिक लविङकै भरमा केहि पनि कारवाही नगर्ने वातावरण मिलाउन ‘सेटीङ’ गरिसकेका छन् ।   
‘मिडियाले जति लेखेपनि, धीतोपत्र बोर्डमा मुद्धा परेपनि केहि हुनेवाला छैन । धीतोपत्र कानुनमा जेल जानुपर्ने र नगदी जरिवाना दिनु पर्ने प्रावधान भएपनि नेपालमा पावरका अगाडी केहि लाग्दैन । ज्योति प्रकाश पांडे नेपालका बैंकका सीईओहरुमध्ये बढी पावर भएकाहरुमध्ये नै पर्छन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै उनले भने, ‘नेप्सेले स्पष्टीकरण सोध्नु औपचारिकता मात्र हो ।  नेपाल इन्भेष्टमेन्ट बैंकलाई कारवाही गर्न सक्ने कोहि ‘माइकललाल’ जन्मेकै छैन । उनले मिलाउनु पर्ने ठाउँमा सबै मिलाइसकेको दावी गर्दै यस प्रकरणमा केहि आर्थिक चलखेल भएको समेत संकेत गरेका छन् ।

लगानीकर्ताहरु आक्रोशित, तर कारवाही नहुने पक्कापक्की  !
नेपालमा प्रचलित धीतोपत्र कानुन अनुसार ‘झुक्याउने विवरण दिनेलाई १ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुन्छ’ भन्ने स्पष्ट उल्लेख भएको छ ।  यता त्यस्तो कारोबारबाट कसैलाई हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानी समेत भराईदिनुपर्छ भन्ने समेत धीतोपत्र कानुनले बोलेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक प्रकरणमा पनि यो काम झुक्याउने नै गरी आएको भन्ने स्पष्ट देख्न सकिन्छ । त्यसैले यस्तो काम गर्नेहरुलाई तत्काल कारवाहीको प्रक्रिया अगाडी बढाउन आवश्यक देखिएको जानकारहरुको ठम्याई छ । तर पैसा र पावर दुवै भएकाहरुको बैंकका रुपमा चिनिएकाले बैंकलाई कुनै पनि कारवाही नहुने भने पक्का भएको छ ।    
नेपाल इन्भेष्टमेन्ट बैंकले टाइपमा गडबडी भएको भन्दै यसअघि नेप्सेलाई दिएको सूचना सच्याएपछी यो प्रकरणले नेपाली पूँजी बजारनै तातेको छ । पहिला प्रकाशित सुचनामा यसअघि नेप्सेमा प्रकाशित सूचना अनुसार इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको उल्लेख गरेको भएपनि नेप्सेमै प्रकाशित अर्को सूचनामा भने बैंकले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरिएको बताएपछि यो प्रकरण उचाईमा पुगेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: