×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता झुक्याउने खेल कि प्राविधिक त्रुटी ? यी ४ बैंकले राष्ट्र बैंकमा बुझाएको नाफा नै फरक !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – कमजोर वित्तीय अवस्था रहेको सिभिल बैंकसहित केहि बैंकले राष्ट्र बैंकमा बुझाएको नाफाको विवरण र प्रकाशित विवरण फरक भएको पाइएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक तथा वित्तीय संस्थाहरुको गत आव २०७३/७४ को नाफा र कतिपय बैंकहरुले प्रकाशित गरेको नाफामा यस्तो फरक देखिएको हो । राष्ट्र बैंकको अनुसार सिभिल बैंकको नाफा ४४ करोड रहेको छ भने प्रकाशित वित्तीय विवरणमा ३३ करोड मात्र देखिन्छ । यसले बैंकको लापरवाहीलाई पुष्टी गरेको छ । 
यता एनसीसी, लक्ष्मी बैंक र जनता बैंकको नाफामा उच्च दरले फरक परेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा एनसीसी बैंकको नाफा मात्रै ५५ करोड ३१ लाख रुपैयाँ रहेको छ भने प्रकाशित वित्तीय विवरणमा भने नाफा १ अर्ब ३२ करोड रुपैयाँ छ । यसरी हेर्दा बैंकको नाफामा ७७ करोड रुपैयाँको फरक परेको छ । त्यस्तै, राष्ट्र बैंकका अनुसार लक्ष्मी बैंकको नाफा ८६ करोड रहेको छ । तर, बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा २४ करोड बढि देखिएको छ । यता, जनता बैंकको पनि प्रकाशित नाफा राष्ट्र बैंकमा बुझाएको भन्दा ६ करोडले बढि देखिएको छ ।
यसलाई कतिपयले सामान्य त्रुटी भएको बताउने गरेका छन् भने कतिले लगानीकर्ता झुक्याउने खेलका रुपमा लिने गरेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: