×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रहरीले नै ‘लिक’ गर्छन् प्रश्नपत्र ! १४ प्रहरीको फन्दामा परेपछि भयो यस्तो गम्भीर खुलासा !

  • मनोज आत्मीय / अर्थ सरोकार.कम 
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले सञ्चालन गर्ने विभिन्न विषयको परीक्षाको प्रश्नपत्र गोप्य रुपमा ‘लिक’ गरी आर्थिक अशुल गर्दै आएको अभियोगमा प्रहरीले ठूलो गिरोहलाई नियन्त्रणमा लिएको छ । यो समूहले स्नातक तथा स्नातकोत्तर तहको परीक्षाको प्रश्नपत्र परीक्षा केन्द्रहरुबाट नै लिक गर्ने गरेको भनाई प्रहरीको छ । यसरी प्रश्न पत्र लिक गरी प्ररिक्षार्थीलाई दिएवापत रकम अशुल गर्ने गरेको पाइएको छ ।
प्रहरी प्रशासन र निजामति सेवामा कार्यरत कर्मचारीहरुलाई स्नातकोत्तर तह र विद्यार्थी नेताहरुलाई उच्च अंक ल्याएर परीक्षामा उर्तिर्ण गराउनका लागि पनि यो समूहले प्रश्न पत्र सार्वजनिक गर्ने गरेको पाइएको छ । कलंकीस्थित गणेशमानसिंह क्याम्पसमा परीक्षा केन्द्र भएको मौका छोपि सोही क्याम्पसमा परिक्षा दिइरहेका म्यानेजम्याण्ट संकाय वीवीए पहिलो वर्षको इकोनमिक्स विषयको प्रश्न पत्र लिक गरेको अभियोगमा ती अभियुक्त पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार, पक्राउ पर्नेहरुमा काठमाडौं गोकर्णेश्वरका रविन्द्र चन्द, दाङ फुलवारीका दुर्गा रिजाल, सिन्धुली पोखरीका तिलकबहादुर रावत, काभ्रे तिमालका जयराम बडाल, धनुषाका कौशल घिमिरे, अछाम साँफेका रेवन्त ठकुल्ला छन् ।
प्रहरीका अनुसार, अभियुक्त रविन्द्रले प्रश्न पत्रको फोटो खिचेर शुरुमा सो फोटो दुर्गालाई भाइवर मार्फत पठाएका थिए । सो फोटो दुर्गाले ब्लुटुथ मार्फत रावतलाई, रावतले पनि जयरामलाई, जयरामले कौशललाई र कौशलले ठकुल्लालाई पठाएको थियो । अभियुक्त ठकुल्लाले खोटाङका केदार भट्टराईलाई, भट्टराईले नुवाकोटका बद्री सापकोटा, सापकोटाले संखुवासभाका विसु राईलाई, विसुले स्याङजाका कुसुम थापा, कुसुमले मकवानपुरका उर्मिला थिङ तामाङ, कालिकोटका उपेन्द्र जोशीलाई, पर्वतका विश्व चापागाई र झापाका उमेश ढकाललाई पठाइ दिएका थिए ।
यो समूहले योजनावद्ध ढंगले त्रिविवि अन्तरगत परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्ने प्रत्येक परीक्षाको परिक्षाकेन्द्रबाट नै प्रश्न पत्र लिक गरी आर्थिक रकम लिएर बाड्ने गरेको भनाई प्रहरीको छ । पक्राउ परेका धेरैजसो अभियुक्तहरु विद्यार्थी हुन भने रकम लिएर प्रश्न पत्र लिक गर्नेहरु परिक्षा केन्द्र तोकिएका कलेजहरुमा कार्यरत कर्मचारी हुन । उनीहरुले पेशागत इमान्दारिता र मर्यादा उलंघन गरी आर्थिक लाभ लिनका लागि यस्तो कार्य गर्ने गरेको भनाई प्रहरीको छ । पक्राउ सबैजना अभियुक्तलाई सार्वजनिक मुद्धा अन्तरगत कानुनी कारवाही भइरहेको जनाइएको छ।
प्रहरी प्रशासन र निजामति सेवामा कार्यरत कर्मचारीहरुलाई स्नातकोत्तर तह र विद्यार्थी नेताहरुलाई उच्च अंक ल्याएर परीक्षामा उर्तिर्ण गराउनका लागि पनि यो समूहले प्रश्न पत्र सार्वजनिक गर्ने गरेको पाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: