×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल रेडक्रस सोसाईटी र भूकम्प प्रतिकार्य कार्यक्रम

नेपाल रेडक्रस सोसाईटीले भूकम्प प्रभावित क्षेत्रहरमा गर्दैआएको भुकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत जुलाई २०१७ सम्म विभिन्न सह्रनीय कार्य तथा गतिविधिहरु गर्दै आएका छन् । स्वास्थ क्षेत्रमा हाल सम्म ५९,,४७६ व्यक्तिहरुलाई हेल्थ क्याम्प सञ्चालन गरी स्वास्थलाभ गराइको छ ।स्वास्थसेवा प्रदान गर्नको लागी ४ वटा प्रिफ्याव हेल्थपोस्टहरु९एचभाबद ज्भबतिज(उयकत० निर्माण गरिएका छन् भने ३ वटा पूराना हेल्थपोस्टहरुलाई पूनसर््थापना गरि कार्य अगाडी बढाइएको छ । स्थानीयहरुको माग र आवश्यकतालाई ध्यानमा राखी थप २३ वटा नयाँ प्रिफ्याव्र हेल्थपोस्टहरु बन्ने क्रममा रहेका छन् । एउटा अर्धस्थायी किसिमको हस्पिटल पनि निर्माणाधिन अवस्थामा रहेको छ । त्यस्तै ८ वटा पूराना हेल्थपोस्टहरुलाई पूनस्र्थापना गर्ने क्रममा कामहरु अगाडी बढेका छन भने थप ३ वटा स्थायी हेल्थपोस्टहरु नयाँ बनाउने योजना रहेको छ । ९ वटा प्रसुती केन्द्रहरुलाई प्रसुती सामाग्रीहरु सहित सहयोग गरिएको छ ।
भूकम्प प्रभावित क्षेत्रका २,१९३ स्वयंसेवकहरुलाई सामुदायिक स्वास्थ तथा फस्ट सम्बन्धि तालिम दिइएको छ । त्यस्तै १६,१८७ जना आमा र बच्चाहरुलाई जाडोको न्यानो लुगाहरु पनि वितरण गरिएको छ भने ३,२७४ घरपरिवारहरुलाई लामखुट्टेबाट बच्नको लागी झूलहरु प्रदान गरिएको छ । ८,४४६ व्यक्तिहरुले मनोवैज्ञानिक सामाजिक सहयोग प्राप्त गरेका छन भने २९ वटा नगर तथा गाउँपालीकाहरुलाई पूर्ण रुपमा खोप दिनेकाम सकिएको छ । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तरगत जिविकोपार्जनको क्षेत्र तर्फ ९,५९० परिवारलाई आफुनो जिवनयापनको लागी केही नगद रकम वितरण गरिएको छ । ५,,७२१ व्यक्तिहरुलाई जिविकोपार्जन विकासको लागी तालीम उपलव्ध गराइएको छ । त्यसैगरि २६४ परिवारहरुलाई जिविकोपार्जनको लागी सर सामानहरुको सहयोग पनि प्रदान गरिएको छ । 
सिंचाई तर्फ १९ वटा नहरहरु निर्माण भइरहेकाछन् । भूकम्प प्रभावित २०,९२३ परिवारहरुलाई खाना पकाउने उन्नत चुलो पनि प्रदान गरिएको छ । त्यस्तैगरि ४,५८३ व्यक्तिहरुलाई अन्य कार्यको लागी दैनिक ज्यालादारीमा काम पनि लगाइएको छ । नेपाल रेडक्रस सोसाईटीले आफ्नो सस्थांगत क्षमता विकासको लागी पनि भूकम्प प्रभावित जिल्लहरुमा जिल्ला शाखातथा सामुदायिक भवनहरु बनाउदैछ भने वित्तिय कर्मचारीहरुलाई तालीम तथा रेडक्रस स्वयंमसेवकहरुलाईसस्थांगत विकासको तालीमहरु पनि प्रदान गरेको छ । यस प्रकारले मानवीय रुपमा नेपाल रेडक्रस सोसाइटीले आफ्नो उद्देश्य अनुरुप रचनात्मक र सहयोगात्मक रुपमा आफ्नो गतिविधिहरु जोडतोडका साथ अगाडी बढाइरहेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: