×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायबल लाइफले दशै अगाडि नै संचालनमा आउने

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ भाद्र २०७४, बिहीबार

PRIME CA
laxmi sunrise bank

रिलायबल लाइफले दशै अगाडि नै संचालनमा आउने

काठमाडौं – रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले संचालनको अन्तिम स्वीकृति पाएको छ । शुक्रबार ९आज० कम्पनीले नियामक निकाय बीमा समितिबाट अन्तिम स्वीकृति पाएको हो ।
सो कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुने कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहोनीले जानकारी दिए ।
कम्पनीको कूल चुक्ता पुँजीमध्ये ७० प्रतिशत लगानी प्रमोटरको र बाँकी ३० प्रतिशत सर्बसाधारणको रहनेछ । कम्पनीलाई बीमा समितिले गत साउन २० गते संचालनको अनुमति दिएको थियो ।
रिलायबल लाइफमा कालु गुरुङ, सुरिद घिमिरे, गौरब अग्रवाल लगायत २८० जना प्रमोटर छन् । कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंको ज्ञानेश्वरमा रहने प्रमुख कार्यकारी अधिकृत लोहोनीले जानकारी दिए ।
कम्पनीको कार्यालय स्थापना भएको र संचालनको लागि आवश्यक जनशक्ति तथा अन्य पूर्वाधार तयार भइसकेको लोहोनीको भनाइ छ । रिलायबलले दशै अगाडि नै आफ्नो कारोबार सुरु गर्ने तयारी गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: