×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उपेन्द्रको काखमा रेणुको रजगज !

काठमाडौं । मधेसी जनाधिकार फोरमको लोकप्रियताकै बेला उपेन्द्र यादवले रेणु यादवलाई काखीमा च्यापेर हिँडेका थिए । सरकारमा रहेका बेला रेणुलाई शिक्षा मन्त्रीसम्म बनाए । फोरम फुट्यो तर रेणु र उपेन्द्रको सम्बन्धमा कुनै असर परेन । धेरैले भन्न थाले– रेणु उपेन्द्रकी राजनीतिक प्रियतम हुन् । यो हल्ला एकातिर चलिरह्यो तर दुवैको साथ कहिले छुटेन । मधेसमा विभिन्न विद्रोह भए तर रेणुले उपेन्द्रको साथ छाडिनन् । त्यसकारण उनी अहिलेको संघीय समाजवादी फोरमकी प्रदेश २ की संयोजक पनि हुन् । 
स्थानीय चुनावका क्रममा उक्त प्रदेशमा रेणुको हुकुम चल्नु स्वभाविक हो । कतिपय कार्यकर्ताले उपेन्द्रको काखमा बसेर रेणुले समाजवादी फोरम चलाएको आरोप पनि लगाएका छन् । त्यसैले राजविराजमा उनकै घरमा बन्दि बनाएर कार्यकर्ताले विरोध गर्दै टायर समेत बाले । उनको घरमा कार्यकर्ताले आगजनीको प्रयास पनि गरेका थिए । तर, प्रहरीका कारण त्यस्तो हुन पाएन । 
सप्तरीको बोदेबरसाइन नगरपालिकामा रेणु यादव आफ्ना छोरा अभिषेक कुमार यादवलाई मेयर पदको टिकट दिदलाउन चाहन्थिन् । तर पार्टी केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला इन्चार्ज अनिरूद्धप्रसाद यादवका छोरा आतेशकुमार सिंह यादव पनि सो पदका आकंक्षी भएपछि विवाद चुलियो । 
नगरपालिकामा कसलाई मेयर पदको उम्मेदवारको टिकट दिने भनेर पार्टी भित्र लामो समयदेखि विवाद चलिरहेको थियो । केहीदिन अघि पार्टी अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राई उम्मेदवारको नामावलीको विवाद टुंग्याउन आएका थिए । तर उनीहरूले पनि सकेनन् । पार्टी निकट स्रोतका अनुसार गएराति आतेशकुमार सिंह यादवले मेयरको टिकट पाएका छन् ।
आफ्नो छोरानले टिकट नपाएपछि रेणुले छिमेकी गाउँपालिका बेल्ही चपेनाको प्रमूखमा आफू निकटका चित्रंगन यादवलाई टिकट दिलाएकी थिइन् । यही विषयलाई लिएर कार्यकर्ताले अनावश्यक हस्तक्षेप गरेको भन्दै उनीविरूद्ध नाराबाजी गरेका थिए । एकजना कार्यकर्ताले आक्रोशित मुद्रामा भने,‘उपेन्द्रको काखमा रजगज गरेका कारण राजनीति गर्ने हो र ? मनलाग्दी टिकट बाँड्न पाइन्छ ?’ जनप्रहार साप्ताहिकमा खबर छ ।


(यसघि गलत तस्विर पर्न गएकोमा क्षमा चाहान्छौं’)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: