सुनचाँदीको मूल्यमा गिरावट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ५६ हजार ५  सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले घटेर प्रति तोला ५६ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले घटेर प्रति तोला ७ सय ६० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४८ हजार ३ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ५१ रुपैयाँ ५ पैसा कायम गरेको छ।
प्रकाशित : Sunday, September 24, 2017
,

recent

Popular Posts