१२ सय कर्मचारी कानुनविपरीत काजमा : मरिहत्ते गर्छन् कर्मचारी
Powered by Blogger.
१२ सय कर्मचारी कानुनविपरीत काजमा : मरिहत्ते गर्छन् कर्मचारी


सरकारले निजामति सेवा उैनको धज्जी उडाउँदै १२ सयभन्दा बढी कर्मचारीलाई लामो समयदेखि विभिन्न निकायमा काजमा खटाउँदै आएको छ ।

विशेषज्ञ सेवा आवश्यक पर्दा छोटो समयका लागि काज पठाउने कानुनी व्यवस्था छ । 

तर कानुनी प्रावधानलाई मिच्दै कर्मचारीको फाइदाअनुकुल हुने गरी काजमा खटाउने प्रवित्रि बढेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

यो प्रवित्तिका कारण सेवाप्रवाह कमजोर भएको र कर्मचारी स्वार्थमा रमाउन थालेको आरोप कर्मचारीतन्त्रमाथि लाग्दै आएको छ ।

सामान्य प्रशासन मन्त्रालयकाअनुसार अतिरिक्त लाभ हुने आकर्षक निकाय, पढाइ, लेखाइ र अन्य बाहिरी कामलाई सहज पुग्ने कार्यालयमै जानकै लागि कर्मचारी काज सरुवाका लागि मरिहत्ते गर्छन् ।

प्रकाशित मिति : Friday, September 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...