×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बजारले ‘यु-टर्न’ लिने अवस्था छ त ?

  • शुहिल भुषाल 

तर्क आ-आफ्ना हुन्छन तर बजार सत्यतामा छ । बजारमा उतारचडापहरु आउनु स्वभाविक हो । यति बेला बजार घट्नुमा कुनै आश्चर्य मान्नु पर्ने छैन किनभने बजारलाई सधै राष्ट्रको अर्थतन्त्र, देशको राजनीतीक अवस्था, सामाजीक स्थिती, आन्तरीक तथा बाहय बातावरणले प्रभाव परीरहेको हुन्छ । बजार यतिबेला घट्दो प्रवृत्तिमा छ। बजार किन घट्यो भन्नुभन्दा पनि बजारलाई प्रभाव पार्ने तत्वहरुले कसरी सक्रिय छन भन्ने कुराको अध्यन गर्न जरुरी छ । अहिले नेपाल सरकारले प्रतिनिधि सभा र प्रदेशसभाको मंसिरमा दुई चरणमा चुनाव हुने गरी चुनावी मिति त घोषण गरेको छ तर अहिले सम्म प्रदेशको प्रमुख, मुख्य सचिव एवं प्रदेश राजधानी तोक्न सकेको छैन ।
 यसको लागि आवश्यक कानुन अहिले सम्म बन्न सकेको छैन । सरकारी पुजीगत खर्च नगन्य अवस्थामा नै छ । पुँजी बृद्विको चेपुवामा वित्तिय संस्थालाई पार्नु, नयाँ नयाँ २० अर्व सम्मका वित्तिय संस्थाहरु भित्रिनु, बजारमा सेयर भोलुम अधिक हुनु, चार्डपर्व नजिकीनु, बजार बढ्ने सिजन सकिन लाग्नु, व्याजदर न्युनीकरणमा सर्वसाधारणको पँहुच नहुनु पक्कै पनी वजारका लागि सकरात्मक पक्ष होईनन । अहिलेको बजार कसैले घटाएर घटाएको होईन। अहिलेको बजार आफैमा जोखिमपुर्ण अवस्थामा रहेको छ । अहिले नेपालको अर्थतत्रले बजारलाई धान्न नसकेको कारण बजार डिक्रिज भएको हो । बजारको अवस्था हेरेर लगानीकर्ताहरु थप चनाखो बन्ने अवस्था छ ।  बजारमा अनेक पछिल्लो समय हकप्रद, बोनस र सार्वजनिक निश्कासन लगायतका कारणले सेयरको आपूर्ति बढ्दो छ । 
लामो समयदेखि सेयर सूचिकृत नहुँदा समय पर्खिएर बसेकाहरुले समेत यो बेला केही मात्रामा भए पनि सेयर बिक्रीलाई बढाएका छन् । यसले समेत बजार घट्न मद्धत पुगेको छ । बजारमा कहिले काहि आत्मघाती काम पनी लगानीकर्ताले गर्न सक्नु पर्दछ । बजार बढ्नुपर्ने सिजनमा समेत निरन्तर बजार घट्नु सामान्य अवस्था होईन । ठुला लगानीकर्ताहरु बजार घट्दा आत्मघाती कदम चाल्ने हुँदा ठुलोनोक्सानी बाट बच्ने गर्र्दछन । तर सर्वसाधारण लगानीकर्ताहरु आत्मघाती कदम चाल्न नसक्दा सधै बजारमा हाई रिक्समा रहने गर्दछन ।
सर्वसाधारण लगानीकर्ताहरु तपाईहरुलाई मेरो सुझाव छ कमसेकम वजारको मुभिङ एभरेज, एडीएक्स , पिटीआर, स्टोकास्टिक सुचक हेर्ने गर्नुहोस । बजारमा फन्डामेन्टल, प्राविधिक, र साईकोलोजिकल फ्याक्टरहरुलाई हेर्न सक्नु हुन्न र वाहरमासे बजार बढ्छ भन्ने पण्डितहरुको पछाडि लागेर बजारमा स्वेविभेकले ईन र आउटको अवस्था वुझ्न सक्नु हुन्न भने तपाईले वजारबाट कुनै लाभ लिन सक्नु हुने छैन । बजार ग्रह दशा हेर्ने जोतिष शास्त्रले चल्ने होइन । बजारलाई कसैले बढाएर बढ्ने पनी होइन । यसको आफ्नै गति हुन्छ । बैकहरुले गतल रीपोर्ट देखाएर लगानीकर्ताहरुलाई झुक्काईरहेका खवरहरु पढ्नु भएकै होला । 
‘बैंकहरुले सेयर लगानीकर्तालाई वास्तविक तथ्यांक नै दिदैन्, कहिले प्रोभिजनिङ ९खराब कर्जा वापत राखिने प्रावधान रकम० घटाएर त कहिले उठेको खराब कर्जा बढाएर नाफा बढि भएको देखाउछन । यस्ता त्रुत्रिपुर्ण रिपोटले बजारलाई बढाउन सक्दैन ।अहिले बजारको अवस्था घट्दो प्रवृत्तिमा छ । घटेको बजारमा सेवोनले आगामाी बर्ष प्यान नं  लिनु बाध्यताको सुचना प्रवाह गरेर थप अन्योलमा पारेको छ भने सेयर लगानीकर्ता संघले अहिलेको अवस्थाको बारेमा सेवोन संग छलफल गर्नुको साटो स्वोविभेक निर्णय लिनु भनेर अस्पष्ट विज्ञप्ती जारी गरेको छ । 
लगानीकर्ता संघ आफ्नो स्वार्थमा मात्र लागेको भन्दै सघंकै महासचिव लगायतका ठुलो संख्यामा लगानीकर्ताहरुले बिद्रोह गरेर जारी गरेको सुन्नु भएकै होला र प्रस विज्ञप्ती पनी पढ्नु भएकै होला । यसले बजारलाई सकरात्मक संकेत प्रदान गर्न सक्दैन र तत्कालै बजारले युटर्न  लिन सक्ने अवस्था छैन । अझ बाहिरी फ्याक्टरलाई हेर्ने हो भने शक्तिशाली राष्ट्रहरु युद्वको तयारीमा लागेका हुन की भन्ने संकेत देखिन थालेको छ र शक्तिशाली राष्ट्रहरु आपसमा युद्व गर्ने हो भने रेमिटान्सले चलेको नेपाल जस्तो गरीव राष्ट्रका नागरीक विदेशवाट नेपाल फर्किनु पर्ने अवस्था आएमा नेपालको पुँजी बजार त्रिपल डिजिटमा झर्न धेरै समय कुर्नु पर्ने छैन । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: