×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा नियुक्त

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सनराइज बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा आरती राणा नियुक्त भएकी छिन् । बैंकले माघ २५ गते आइतबार राणालाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । २०७६ असोजमा ग्लोबल आइएमई बैंकबाट उनी सनराइज बैंक सरेकी हुन् ।
ग्लोबल आइएमईमा उनी सहायक महाप्रबन्धकमा कार्यरत थिइन् । एक पद वढुवा भएर उनी सनराइजमा गएकी हुन् । राणाले ग्लोबल आइएमई बैंकमा १२ वर्ष काम गरिन् । राणा कर्पोरेट मार्केटिङमा अब्बल मानिन्छिन् । एभरेष्ट बैंकबाट म्यानेजमेन्ट ट्रेनीका रुपमा बैंकिङ करियर सुरु गरेकी उनले त्यहाँ ५ वर्ष काम गरेकी थिईन् । त्यसपछि उनीले ग्लोबल आइएमइ बैंकमा डेपुटी म्यानेजरका रुपमा काम गरिन् । उनले एसआइबिएम पुनेबाट एमबिए गरेकी छिन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: