×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महानगरलाई ९ करोड कर नतिर्ने अन्सारी मेयर उम्मेदवार

काठमाडौं । वीरगन्ज महानगरपालिकालाई ९ करोड कर तिर्न अटेरी गरेका बसुरुद्दिन अन्सारीलाई एमालेले महानगरपालिकामा मेयरको उम्मेदवार बनाएको छ । अन्सारी वीरगन्जस्थित नेशन मेडिकल कलेजका प्रवन्ध निर्देशक हुन् ।
बक्यौता कर असुलीका लागि ताकेता दिन गएका महानगरपालिकाका कर्मचारीलाई ढोकाबाट भित्र छिर्न नदिई फिर्ता पठाउँदै आएका अन्सारी मेयरको उम्मेदवार भएपछि आफूले कलेजको प्रवन्ध निर्देशक पद छाडिसकेको बताएका छन् ।
कलेज सञ्चालक बोर्डका सदस्य समेत रहेका अन्सारी मेयरको उम्मेदवार बनेर मैदानमा उत्रिएपछि उनले महानगरपालिकाले कर नतिरेको विषयलाई लिएर स्थानीयबासिन्दाले टिप्पणी गर्न थालेको नागरिक दैनिकमा खबर छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: