×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्घाखाँचीमा बस दुर्घटना, २ को मृत्यु, २ दर्जन बढी घाइते

अर्घाखाची – अर्घाखाचीमा यात्रुवाहक बस दुर्घटना भएको छ । जिल्लाकाे डाँडाकटेरीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ७५१८ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान ८ः३० बजे दुर्घटनामा परेको हो ।

मालारानी गाउँपालिका–३ सावडाँडामा सडकबाट २ सय मिटर तल खसी दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २ दर्जन बढी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले दिएको जानकारीअनुसार दुर्घटना भएको खबर पाउनासाथ इन्स्पेक्टर रञ्जनबहादुर स्वाँर नेतृत्वको टोली घटनास्थलतर्फ लागेको छ ।

घटनास्थलमा खटिएका प्रहरी अधिकारीसँग सम्पर्क हुन नसकेकाले दुर्घटनाको विवरण आउनमा ढिलाइ भएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: