×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तिहार र छठ पर्वका लागि ५ करोडको स्याउ आयात

मोरङ – हिन्दूहरुको महान पर्व तिहार र छठलाई लक्षित गरेर मोरङका व्यापारीले रु पाँच करोड रकम बराबरको स्याउ आयात गरेका छन् । 
फलफूल व्यवसायी संघका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार पूर्वाञ्चलका लागि रु पाँच करोड मूल्य बराबरको ७५ ट्रक अर्थात् एक करोड ५० लाख काटुन स्याउ आयात गरिएको हो । एक ट्रकमा दुई हजार कार्टुन स्याउ आयात हुन्छ । पूर्वाञ्चलमा ५० भन्दा बढी स्याउका अधिकृत विक्रेता र तीन हजार खुद्रा पसल छन् । 
पूर्वाञ्चलको बजारलाई लक्षित गरेर विराटनगरको अधिकृत विक्रेता नागेन्द्र ट्रेडर्सले आयात गरेको स्याउ सो अधिकृत विक्रेताले पूर्वाञ्चलका सबै सहरमा बिक्री गर्दै आएको छ । 
भारतको हिमाञ्चल, कास्मिर र चीनबाट व्यापारीले स्याउ खरिद गरेर ल्याएका छन् । भारतको हिमाञ्चल र कास्मिरमा उत्पादित स्याउ भारतको जोगवनी नाका हुँदै विराटनगर भित्रिरहेको हो । चिनीयाँ स्याउको तुलनामा हिमाञ्चल प्रदेश र कास्मिरमा उत्पादन भएको स्याउ उपभोक्ताले बढी मनपराउने भएकाले बिक्री पनि बढी हुने गरेको व्यापारीको भनाइ छ । 
विराटनगर–६ स्थित केशलीया रोडमा स्याउको अधिकृत विक्रेता नागेन्द्र टे«डर्सका सञ्चालक नागेन्द्र दासका अनुसार तिहार र छठ पर्वलाई लक्षित गरी पाँच करोडको स्याउ ल्याइएको हो । 
‘अन्य समयको तुलनामा दशैँ तिहार र छठ पर्वको बेलामा स्याउको माग बढी हुनेभएकाले स्याउको आयात बढाएको हुँ ,’ उनले भने । आफूले इटहरी, धरान, विर्तामोड, विराटचोक, उर्लाबारी, इनरुवा, जनकपुरजस्ता ठाउँमा दासले नै अधिकृत बिक्री गर्ने डिपो खोलेर स्याउ बिक्री गरिरहेको दासले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: