×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आरम्भ माइक्रोफाइनान्सले गर्यो आकर्षक प्रगति, खुद नाफा २९०.७७% ले वृद्धि हुनुमा यस्ता छन् कारण (विवरणसहित)

काठमाडौं – आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा २९०.७७% ले वृद्धि भएको छ । गत वर्षको यसै अवधिमा १९ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको आरम्भ माइक्रोफाइनान्सले यो त्रैमासमा ७६ लाख ६७ हजार रुपैयाँ कमाउन सफल भएको छ । 
संस्थाले  खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २२.५७% र ६५२.६२% ले वृद्धि भएको छ । संस्थाको खुद ब्याज आम्दानी २ करोड ३६ लाख ७८ हजार रुपैयाँ  आर्जन गरेको छ । गत वर्ष १ करोड ९३ लाख १७ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । यता, सञ्चालन नाफामा पनि १५ लाख २६ हजार रुपैयाँबाट बढेर ८४ लाख ३३ हजार रुपैयाँ पुगेको छ । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालक नाफा वृद्धि भएको कारणले गर्दा खुद नाफा पनि वृद्धि भएको देखिन्छ । 
यो तेश्रो त्रैमाससम्ममा संस्थाको निक्षेप १४ करोड ५८ लाख ६४ हजार रुपैयाँ संकलन गरी कर्जा ४५ करोड ७३ लाख १३ हजार रुपैयाँ प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५१ लाख ७५ हजार रुपैयाँ जम्मा भएको छ । 
संस्थाको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ६२ पैसा रहेको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: