नागरिक लगानी कोषको सेयर लिलामी भर्ने आज अन्तिम म्याद
Powered by Blogger.
नागरिक लगानी कोषको सेयर लिलामी भर्ने आज अन्तिम म्याद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नागरिक लगानी कोषको २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर भर्ने मंगलबार अन्तिम दिन हो । यो लिलामीमा आवेदन आज कार्यालय समयसम्म मात्र भर्न सकिन्छ । सेयर लिन इच्छुक बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीबाट प्रतिकित्ता न्यूनतम ३ हजार ५० रुपैयाँलाई आधार मानी त्यसभन्दा बढी भाउ तोकी आवेदन दिनुपर्नेछ । सो भन्दा कम भाउ तोकी दिएको आवेदन स्वीकृत नहुने बैंकले जनाएको छ । 

यसमा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी बाहेकका कम्पनी र व्यक्तिहरु सहभागी हुन पाउने छैनन् । सेयरका लागि आवेदन दिंदा न्यूनतम १० हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन फारम बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलमा पाइनेछ । खरिदकर्ताले भदौ २७ गतेपश्चात कोषले दिन सक्ने बोनस सेयर तथा नगद लाभांश पाउनेछन् । बोलपत्र आज (असोज २४ गते) दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालय नारायाणचौर नक्सालमा खोलिनेछ ।

प्रकाशित मिति : Tuesday, October 10, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...