×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

काठमाडौँ जिल्ला अदालतमा ढुंगेललाई लगियो

काठमाडौँ  – कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका माओवादी नेता बालकृष्ण ढुंगेललाई केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला अदालतमा पेस गरेको छ । अदालतबाट उनलाई सिधै हिरासत चलान गरिने जनाइएको छ ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको प्रकरणमा ढुंगेललाई सर्वोच्च अदालतले ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएको थियो ।
उनी संविधानसभाको पहिलो निर्वाचनमा ओखलढुङगा २ बाट निर्वाचित भएकै समयमा अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो ।
बाबुराम भट्टराई प्रधानमन्त्री भएको बखत तत्कमालीन सरकारले उनको सजाय माफिका लागि राष्ट्रपति समक्ष सिफारिस गरे पनि अदालतले सिफारिस कार्यान्यन नगर्न आदेश दिएपछि उनी फरार रहँदै आएका थिए ।
सर्वोच्चले ढुंगेललाई पटकपटक पक्राउ गर्न आदेश दिए पनि प्रहरीले पक्राउ नगरेको भन्दै प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध अदालतको मान हानीको मुद्दा परेको थियो । अदालतमा मुद्दा परे लगत्तै प्रहरीले ढुंगेललाई पक्राउ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: